१२औं राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वित्तिय

१२औं राष्ट्रपति रनिङ शिल्ड : चन्दननाथ प्रथम, हिमा द्वित्तिय


  • दिलमाया शाही, जुम्ला

१२औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वित्तिय र पातारासी गाउँपालिका तृतिय भएका छन् ।

१५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन ।

जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि लिएको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगितामाको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ ।

यसैगरी पातारासीले पुरुष भलिवल प्रतियोगिता जित हात पारेको थियो भने कनकासुन्दरी द्वित्तिय भएको थियो ।

महिला भलिबल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने चन्दननाथ नगरपालिका दोस्रो भएको छ । कब्बडीमा चन्दननाथ प्रथम, कनकासुन्दरी गाउँपालिका द्वित्तिय भएको आयोजकले जनाएको छ ।