मलामी गएका एक युवक सेती नदीमा बेपत्ता

मलामी गएका एक युवक सेती नदीमा बेपत्ता


  • डम्बर निदाल, डडेल्धुरा

मलामी गएका एक युवक सेती नदीमा वेपत्ता भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–६ का अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

डडेल्धुरा-डोटीको सीमाना नदी सेतीमा मलामी गएका युवक नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

बुधबार डडेल्धुराबाट मलामी गएका उनीसँगै नदीमा नुहाउने क्रममा हर्का युवक विनोद ताम्राकार पनि सेती नदीमा बगेका थिए । विनोद भने सामान्य घाइते अवस्थामा फेलापरेका छन् ।

बगेको स्थानबाट केही तल फेला परेका उनको डोटीको शिखर नगरपालिका-१० स्थित शिखर पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरी जनाएको छ ।

मलामी गएका उनीहरू सबै जना डोटीको शिखर नगरपालिका गहनानस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुुुहाउने क्रममा बगेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बेपत्ता भएका ताम्राकारको खोजी कार्य जारी छ ।