सुस्ता समस्याको निकासमा गम्भीर बन्न केपी ओलीको सुझाव

सुस्ता समस्याको निकासमा गम्भीर बन्न केपी ओलीको सुझाव


  • आरपी उपाध्याय, नवलपरासी

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिमा लोकतान्त्रिक आचरणअनुसार चल्नु नै पार्टीका नेता र कार्यकर्ताहरुको प्रमुख जिम्मेवारी रहने बताएका छन् ।

मुलुकमा बाह्य शक्तिको चलखेल बढ्न थालेको अवस्थामा सम्पुर्ण राष्ट्रिय शक्तिहरु एक भएर अगाडि बढ्नुपर्ने जिकीर गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले नारायणीनदी पारीको सुस्ता भूमिमा पुग्न नसके पनि सुस्तामा विवादित भूमिको विषयमा आफुलार्र्इ जानकारी प्राप्त भएको सन्दर्भमा यसबारे नेपाल सरकार गम्भीर भएर निकास निकाल्नुपर्ने धारणा राखे ।

नेकपा एमाले पश्चिम नवलपरासीको नवौँँ जिल्ला अधिवेशनको सुनवल नगरपालिकामा उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई ठूलो शक्तिको रुपमा स्थापित गर्न मिसन ८४ अभियान चलाएको बताउँदै ओलीले एमालेमा जति युवा शक्ति छन् त्यो अन्य कुनै पार्टीमा नरहेको ठोकुवा गर्दै उनले हालै सम्पन्न उपनिर्वाचनको नतिजाले एमालेप्रतिको भ्रमलाई अन्त्य गरेको तर्क गरे ।

एमाले पश्चिम नवलपरासीको अध्यक्ष पदमा अधिकारी र अर्का प्रत्यार्शी पार्टीसचिव धीरज शर्मा बस्याल बीचमै प्रतिस्पर्धा रहने बताइएको छ । हाल पश्चिम नवलपरासी एमाले पार्टीमा कुल ४ सय २७ प्रतिनिधि रहेको जनाइएको छ ।

यसपूर्व अध्यक्ष ओलीले नारायणी पारी सुस्ता जान बन्दै गरेको झोलुङ्गे पुल र पुर्वी नवलपरासी विनयी त्रिवेणी ६ मा रहेको त्रिवेणी र गजेन्द्र मोक्ष धामको पनि अवलोकन गरेका थिए ।

एमाले नवलपरासीका अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।