नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् ।
चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार प्रधानमन्त्री देउवा र चिनिया नेता जियान्चाओबीच भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चारदिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौं आइपुगेका विदेश विभाग प्रमुख लिउले आइतबार नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गरेका छन् ।
प्रतिक्रिया