आधा जलेको अवस्थामा महिलाको शव बरामद

आधा जलेको अवस्थामा महिलाको शव बरामद


महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आधा जलेको अवस्थामा एक महिलाको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी वर्ष २५ की महिलाको शव अर्धरूपमा जलेको अवस्थामा मंगलबार दिउँसो बरामद भएको हो ।

महिलाको अनुहारलगायतका अगाडिपटिबाट जीउको अधिकांश भाग जलेर चिन्न नसक्ने अवस्थामा शव बरामद भएको छ । उक्त शव कसको रहेको, कसैले हत्या गरेको वा कुन कारण अर्धरूपमा जलाएर छोडेको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।