लण्डन । लगभन तीनसय वर्षको ऐतिहासिक सम्वन्ध हिजो अर्थात् २०१४ सालको १८ तारिख सेप्टेम्बरमा ‘स्कटिश रेफेरेन्डम’का लागि भएको चुनावले झण्डै टुटाएको थियो । स्कटल्याण्डको ३२ काउन्सिलमा गरिएको चुनावमा १,६१७,९८९ को स्कटल्याण्डको स्वतन्त्रताको लागि हालिएको भोटको बदलामा २,००१,९२६ को युनियनबाट नटुक्रिनको लागि हालिएको भोटले युनाइटेड किङ्गडमको सो तीन सय वर्षको सम्वन्धको ‘धरोधर’लाई धानेको छ ।
७९० वटा टापुहरु मिलेर बनेको स्कटल्याण्डको राजधानी ‘एडनवर्ग’हो भने ‘ग्लास-गो’मा स्कटल्याण्डको सबैभन्दा ज्यादा जनघनत्वको बसोबास छ र आर्थिक कारोबार तथा स्कटल्याण्डको मेरुद्दण्डको रुपमा सो शहर रहेको छ जहाँ लगभग शत प्रतिशत साक्षर छन्, त्यहीका बहुसंख्यक जनताहरु स्कटल्याण्डलाई ‘स्वतन्त्र’ भएको देख्न चाहान्छन् भन्ने हिजोको नतिजामा देखिएको छ ।
लेबर पार्टीका नेता मिलिब्याण्डका अनुसार ‘यो चुनाव अलग हुनका लागि नै थिएन,यो त वास्तवमा स्कटल्याण्डलाई हेरिने नजरमा परिवर्तन ल्याउनका लागिगरिएको ‘चेक-कल’ थियो’ भने प्रधानमन्त्री क्यामरुनले पनि ‘अब सबै राजनीतिक दलहरु मिलेर स्कटल्याण्डलाई धेरै शक्ति दिनेतिर नसोधी साध्य नभएको’ आफ्नो भाषणमा बताएका छन् । स्कटल्याण्डहरुको फुटबलमा हुने प्रयासहरुलाई ‘जोक’को रुपमा लिने, स्कटिश संस्कृति अनि तिनका रहनसहन, भेषभुषाहरुको चर्चा गर्दै जमातमा ‘मजा’ गर्ने सन्दर्भ बनाउने अनि धेरै नै अन्य अवसरबाट ‘अघोषित’ रुपमा भेदभाव गर्ने नीतिको नै मुख्य मनोवैज्ञानिक ‘असर’ हुन सक्दछ जसको प्रभावले ‘स्वतन्त्र स्कटल्याण्ड’को लागि झण्डै ‘आधा’ जनसंख्या खडा भएका हुन् भन्ने विश्लेषकहरुको भनाइ रहेको छ ।
आर्थिक पक्षमा निक्कै सशक्त रहेको स्कटल्याण्ड मुख्यतः ‘हेभी इण्डस्ट्रिज्’, ‘कोल माइनिङ्ग’, ‘स्टिल इण्डट्रिज्’, ‘स्कच ह्विस्की फ्याक्ट्रिज्’ र ‘नर्थ सी ओएल’ले प्रभावकारी रहेको छ । भौगोलिक आधारमा स्कटल्याण्ड यूकेबाट अलग्गिएको भए यूकेको वर्तमान ‘ग्यास र ओएल’को रिजर्भको ९५ प्रतिशत स्कटल्याण्डले आफ्नो अधीनमा लिन सक्षम हुने थियो भने, यदि जनसंख्याको आधारमा विभाजन हुने भएको भए त्यो भाग घटेर जम्मा ९ प्रतिशतको हुन आउँथ्यो । राजनीतिगत महत्वाकाँक्षाको ‘मुख्य’ लालशा स्कटल्याण्डले राखेको भए तापनि आर्थिक पक्षको ‘महत्व’ निक्कै नै धेरै रहेको मानिएको छ हिजो भएको चुनावमा मुख्य स्वरुप लिएको स्वतन्त्रताको चाहनालाई ।
निश्चय नै आगामी समयहरु सजिलो छैनन् ‘डाउनिङ्ग स्ट्रिट’लाई, व्यवहारहरुलाई समानान्तर रुपमा अगाडि बढाउनका लागि । वेल्स, इङ्ग्ल्याण्ड, नर्दन आयरल्याण्ड र स्कल्याण्ड मिलेर एक भएको यूकेलाई आपसी हितलाई ध्यानमा राखेर सम्पूर्ण राष्ट्रहरुको श्रोत र साधनहरुको ‘पारस्परिक विभाजन’ गरी त्यसमा स्थायित्व राख्न अबका दिनमा केन्द्रीय नेतृत्व अति नै ‘सम्वेदनशील अनि कटिवद्ध’ हुनु जरुरी देखिएको छ ।
प्रतिक्रिया