वनको मौरी !

वनको मौरी !


  • इ. गणेशराज वस्ती

भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?
कता–कता आज मलाई डर यो लाइरा’छ !

वनको मौरी, घरको मौरी, दुवै मह पार्ने !
किन कोही बाहिर गइ वन–वन चहार्ने ?

भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?
कता–कता आज मलाई डर यो लाइरा’छ !

बाटो यिनका हावा त्यस्तै, कसले पो रोक्ने ?
भन्भनिएर वनमा गइ कति–कति ! किन खोक्ने ?

भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?
कता–कता आज मलाई डर यो लाइरा’छ !

घरमै आइ मिलिजुली गरेस् तिमी काम !
राम्रो हुन्छ मिली बसे आफ्नै गाम ठाम !

भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?
कता–कता आज मलाई डर यो लाइरा’छ !

मौरीमाथि मौरी वनमा घर भयो खाली
यस्तै छ यतिखेर सुध्रिजाला अर्कोपालि !

भन्भनिएर वनमा मौरी किन कराइरा’छ ?
कता–कता आज मलाई डर यो लाइरा’छ !