नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना

नवौँ राष्ट्रिय खेलकुदका लागि पोखरामा सचिवालय स्थापना


पोखरामा नवौँ राष्ट्रिय खेलकुदका लागि सचिवालय स्थापना गरिएको छ । गण्डकी प्रदेशमा हुने खेलकुद प्रतियोगिताका लागि आवश्यक समन्वय र काम गर्नका लागि पोखरा रंगशालामा कार्यालय स्थापना गरिएको हो । नवौँ खेलकुद प्रतियोगिता हुनका लागि ५२ दिन मात्रै बाँकी छ ।

कार्यालयको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मन्त्री गहतराजले खेलकुदका लागि आवश्यक बजेटमा चिन्ता लिन नपर्ने बताए । उनले प्रतियोगिता सफल पार्नका लागि प्रदेश सरकार र पोखरा महानगरले विशेष सहयोग गर्नुपर्ने बताएका छन् । असोज २८ देखि कात्तिक ३ गतेसम्म ३६ वटा प्रतिष्पर्धात्मक र दुई वटा प्रदर्शनीको खेल हुनेछ । त्यसका लागि गण्डकीमा खेलाडी छनोट र प्रशिक्षण सुरु भइसकेको छ ।