वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन

वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन


वरिष्ठ पत्रकार केदारमान सिंह श्रेष्ठको निधन भएको छ । लामो समय बिबिसी र एएफपीमा काम गर्नुभएका पत्रकार श्रेष्ठको बुधबार मध्याह्न ८१ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी बिरामी उहाँको त्रिपुरेश्वरस्थित ब्लु क्रसअस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काठमाडौं-२१ भोटेबहाल निवासी मृतक पत्रकारको धर्मपत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ । नेपालबाट एएफपीमा ४० वर्ष र बिबिसीमा २० वर्ष काम गर्नुभएका पत्रकार श्रेष्ठले पछिल्लो समयमा स्वतन्त्ररूपमा विभिन्न पत्रपत्रिकामा लेख लेख्दै आउनुभएको थियो ।