घाँस काट्न गएकी महिला मृत फेला

घाँस काट्न गएकी महिला मृत फेला


महोत्तरीको मट्टिहानीमा घाँस काट्न गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर १ सानो धिरापुरनिवासी मोहम्मद असरारुल अंसारीकी अन्दाजी ४० वर्षिया श्रीमती अमना खातुन मृत अवस्थामा फेला परेकी हुन् । अमिना शुक्रबार घाँस काट्न जंगल गएकी थिइन् ।

मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोइर भन्ने स्थानको बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ ।

महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुँदा कसैले बीभत्स हत्या गरेको हुन सक्ने प्रहरीको पारम्भिक अनुमान छ । शवको प्रकृति हेर्दा हत्या गरेको जस्तो देखिएको हुनाले यथासक्य छानविनको लागि प्रहरीलाई अनुरोध गरेको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

घटनाको विषयमा गम्भीर ढङ्गले अनुसन्धान अगाडि बढाइएको र राति शव भेटिएको हुनाले पोष्टमार्टमको लागि बिहान मात्र पठाइने महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

मृतकको श्रीमान् र एक छोरा वैदेशिक रोजगारीमा छन् ।