मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या

मेक्सिकोमा बन्दुकधारीद्वारा ६ प्रहरी अधिकारीको हत्या


उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् । क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला बुधबार पाँच प्रहरी अधिकारीसहितको गोली हानेर हत्या भएको हो ।

जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमणलगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तिमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० वटा शव फेला परेका थिए ।

पाकिस्तानमा चिनियाँमाथि हमला, १ जनाको मृत्यु २ घाइते

यसैबीच पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन् । उनीहरूविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । घाइते हुनेमा एक महिला पनि छन् । पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । घटनाबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।