‘ताल्ती गोल्डकप’ प्रतियोगिता सम्पन्न, भन्द्रकाली विजेता बन्दा आयोजक उज्यालोले उपविजेतामा चित्त बुझायो

‘ताल्ती गोल्डकप’ प्रतियोगिता सम्पन्न, भन्द्रकाली विजेता बन्दा आयोजक उज्यालोले उपविजेतामा चित्त बुझायो


  • विकाश रौनियार, धादिङ

धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ स्थित ताल्तिमा सेभेन ए साइड फुटबल प्रतियोगिता ‘ताल्ती गोल्डकप’ सम्पन्न भएको छ ।

उज्यालो युवा समाजले आयोजना गरेको प्रतियोगितामा भद्रकाली सामुदायिक विकास समाज विजेता भएको छ । आयोजक उज्यालो युवा समाज भने उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

विजेता भएसँगै भन्द्रकाली सामुदायिक समाजले ३० हजार रुपैयाँ हात पार्यो भने उपविजेता उज्यालोले १५ हजार रुपैयाँ प्राप्त गर्‍यो। त्यस्तै, प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कष्ट गोलकर्तालगायतलाई पुरस्कृत गरिएको थियो । विजेता, उपविजेता र उत्कृष्ट खेलाडीलाई वडाअध्यक्ष हेमराज भुजेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष भुजेलसहित आयोजक संस्था उज्यालो युवा समाजका अध्यक्ष सञ्जय गुरुङले पनि सहभागीलाई सम्मान गर्नु भएको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो ।