केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो


पटक-पटक खसेको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

केराबारीको पहिरो ५ः५० हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि आज बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका-२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो ।

नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्षमात्रै दुई दर्जन बढीपटक पहिरो खसेर सडक अवरुद्ध भएको छ ।