- राजन घिमिरे

नाबालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका सन्दिप अब दोषी सावित भए पनि या निर्दोष ठहरिए पनि उनको क्रिकेट करिअरमा भने अमीट दाग लागिसक्यो । आज यसको परिणाम सामाजिक सन्जालमा मात्र देखिएको छ, तर जीवनमा उनको निधारमा लागेको यो दाग मेटिन गाह्रो छ । कसैको साथी प्रहरी छ, त्यो प्रहरी साथीको नाताले भेट्न कसैको घरमा चिया पिउन आएको थियो र, त्यो दृश्य कुनै टोलवासीले देख्यो भने ‘फलानोको घरमा त आज प्रहरी आएको थियो, त्यो त खत्तम रहेछ । किन त्यसै प्रहरी आउँथ्यो र !’ भनी नकारात्मक सोच बनाउने हाम्रो समाजको नजरले अब सन्दिपलाई कहिल्यै पनि सकारात्मक सोचले नहेर्न सक्छ, यो हाम्रो विडम्बना हो ।
प्रमाणित नै नभइकन राज्यले सन्दिपलाई हत्कडी पहिराएर बदनामी दिइसक्यो । यस्तै बदनामी पाएका थिए फूटबल खेलाडी सागर थापाले पनि । उनी दश वर्षपछि निर्दोष सावित त भए, तर आज उनको क्रेज र वाहवाही हरायो । सरकारले फिर्ता गर्न सक्यो त उनको पहिलेको छवि ? त्यसकारण दोषी सावित हुनुभन्दा अगाडि नै समाज र मूलुकले दोषी करार गरिदिएपछि कसको के लाग्छ र ?
किटानसाथ यो भन्न सकिन्छ कि नेपाली खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा छोटो समयमै सर्वाधिक चर्चा हात पार्ने नेपाली खेलाडीमध्येका एक हुन् सन्दीप लामिछाने । उनिी यस्ता खेलाडी थिए जसको चर्चा नेपालमा मात्र नभइ सात समुन्द्र पारी पनि उत्तिकै थियो । त्यसमाथि पनि भर्खर उकालो लागेको नेपालको क्रिकेटमार्फत सन्दिपले आफूलाई मात्र चिनाएनन्, मूलुकको शान पनि बढाएका थिए, शीर ठाडो पारिदिएका थिए ।
विश्व क्रिकेटमा सर्वाधिक छोटो समयमा धेरै सफलता हात पार्ने सीमित क्रिकेटरमा पर्ने खिलाडीको रूपमा क्रिकेट सिलिब्रेटीको उपमा पाएका २२ वर्षीय सन्दिपले क्रिकेटरको सपनाका रुपमा मानिने इन्डियन प्रिमियर लिगदेखि चर्चित प्रतियोगितासम्ममा आफूलाई ६ वर्षभित्रै शानका साथ उभ्याए । तर आज यिनै शान, मान र वाहवाही हात पारेका सन्दिपको जीवनमा लागेको किशोरी बलात्कारको आरोपले उनको क्रेज र मान अनि सम्मानमा ब्रेक लागेको छ । अब सम्भवतः आरोप लाग्नुभन्दा अगाडि यो खेल र मूलुकप्रति सन्दिपमा जुन सम्मान र खेलप्रति जोश र उमङ्ग थियो, यदि आरोप प्रमाणित हुन सकेन भने पनि त्यो जाँगर , हौसला र उत्साह अब नरहन सक्छ । भनिन्छ नि मनै फाटेपछि केले सिउने केले टाल्ने हो !
सन् २००० को अगस्ट २ मा स्याङ्जामा जन्मिएका सन्दिपले सन् २०१६ मा नेपालकोतर्फबाट क्रिकेटमा औपचारिक ‘डेब्यु’ गरेका थिए । सन् २०१५ एमसीसी स्क्वाडमा १५ वर्षको उमेरमा विकेट लिएपछि उनको चर्चा चुलिएको थियो । त्यसपछि उनले हङकङ टी–२० ब्लिजमा २०१६ मा खेल्ने अवसर पाए । त्यो खेलमा उनको उत्कृष्ट खेलबाट प्रभावित भएपछि सन्दिपलाई अष्ट्रेलियाको चर्चित क्रिकेट खेलाडी माइकल क्लार्कले साथमा लिए । अस्ट्रेलियाको स्थानीय क्लबमा क्रिकेट सिक्दै क्षमता देखाएपछि सन्दिप एकाएक चर्चामा आएका थिए ।
अन्डर १९ विश्वकपका २०१६ मा प्रतिस्पर्धा गर्दा ६ खेलमा १४ विकेट लिएपछि त सन्दिपको बजार झनै बिस्तार भएको थियो । पछिल्लो पटक उनले गत १७ जुलाईमा स्कटल्यान्डविरुद्घ खेलेका थिए । उनले टी-२० फ्रेन्चाइजमा २०१८ को १२ मेमा इन्डियन प्रिमियर लिगअन्तर्गत तत्कालिन दिल्ली डेयरडेभिल्समा डेब्यु गरेका थिए । उनले आरसिविविरुद्वको खेलमा डेब्यु गर्दै पार्थिव पटेलको विकेट लिए । त्यसपछि उनले विश्वका अधिकांश फ्रेन्चाइजमा आफूलाई पुर्याउन सफल भएका थिए ।
प्रतिक्रिया