आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असोज २०७९ शुक्रबार, १४ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ असोज २०७९ शुक्रबार, १४ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन २८ गते तद्अनुसार सन् २०२२ अक्टुबर १४ तारिख शुक्रबार कार्तिक कृष्ण पक्षको पञ्चमी रोहिणी नक्षत्र व्यतिपात योग कौलव करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०४ मा भयो र सूर्यास्त साँझ १७ः३४ बजेमा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन मिश्रित फलदायी रहला । काममा सफलता प्राप्त हुने योग रहे पनि अरूका काममा समय बित्न सक्छ । आफ्ना काम अधुरै रहनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । शत्रुमाथि भने विजय प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्ने अवसर प्राप्त होला ।

वृष – आज समयमा होसियार बन्न नसके काम बिग्रने र खर्च बढ्ने हुँदा सचेतनाका साथ काम गर्नु हितकर रहला । छ । मेहनतअनुसार कमै मात्र फाइदा होला । लेनदेनको काम आज नगर्नु उपयुक्त हुनेछ, अन्यता विवाद निम्तन सक्छ । विगतका समस्या बल्झिने योग छ । आरोग्यता भने बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – खर्च बढ्ने र मनोकूलको काम बन्न मिहेनत धेरै पर्ने दिन छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहोला । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आयस्रोत बढ्नेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। पारिवारिक सुख मिल्नेछ ।

सिंह – कार्य दक्षता बढ्नेछ । शत्रु किनारा लाग्नेछन् । सौभाग्य बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रेमभाव बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – सौभाग्य बढ्ने र पारिवारिक सुखशान्ति समृद्धि बढ्ने योग छ । पराक्रम वृद्धि होला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आज सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – साझेदारीको काममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । काममा सफलता प्राप्त हुनेछ । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तान सुख बढ्ला । तर, कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । ।

मकर – प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । जस्तोसुकै अवस्थामा पनि आाफ्नो दायित्व पूरा गर्नुहुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ ।

कुम्भ – आजको दिन व्यस्तता बढ्नेछ भने व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । परिवारिक सुख बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – पराक्रम बढ्नेछ । सुख वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।