- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ आश्विन २९ गते शनिबार तद्अनुसार सन् २०२२ अक्टुबर १५ तारिख कार्तिक कृष्ण पक्षको षष्ठी तिथि मृगशिरा नक्षत्र वरियान योग गर करण आनन्दादियोगमा वज्र योग चन्द्रमा वृष राशिमा १०ः३८ बजेसम्म त्यसपछि मिथुन भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः०४ बजे र सूर्यास्त साँझ १७ः३३ बजेमा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन नयाँ सम्भावना देखापर्नेछ । आरोग्य वृद्धि हुनेछ । समस्यामा साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मानसम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । मनोकूलको काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
वृृष – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।
मिथुन – आरोग्य वृद्धि हुनेछ । कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्नेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट – आशा उत्साह बढ्नेछ । नयाँ सम्भावना देखापर्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला । मानसम्मान ख्याति फैलिनेछ ।
सिंह – आय बढ्ने र आफन्तसित भेटघाट हुनेछ । व्यापारमा विशेष फाइदा हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । धन सम्पन्नता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ ।
कन्या – कर्मबल बढ्नेछ । कार्य क्षमता वृद्धि हुनेछ । कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ । पारिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । रसविलासमा रुची बढ्नेछ ।
तुला – शुभता बढ्ने छ भने र रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । तर नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । रोकिएको कार्य बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । शत्रुसित लड्ने क्षमता बढ्नेछ । शुभ र भाग्यबर्द्धक कार्य बन्ला ।
वृश्चिक – व्यस्तता बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । सद्कर्म पथमा प्रगति होला । साथीसित भेटघाट होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – आजको दिन प्रेमभाव बढ्ने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर – व्यस्तता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ ।रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । सुखशान्ति बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।
कुम्भ – धन वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ तर आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । कार्यव्यवस्था क्षेत्रमा भने सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।
मीन – महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । मनअनुकूलको काम बन्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । समयले साथ दिनेछ । रोकिएको धन प्राप्त हुनेछ ।
प्रतिक्रिया