आजको पञ्चाङ्ग एवम् राशिफल (३१ असोज २०७९ सोमबार, १७ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ असोज २०७९ सोमबार, १७ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ आश्विन ३१ गते तद्अनुसार सन् २०२२ अक्टुबर १७ तारिख सोमबार कार्तिक कृष्ण पक्षको सप्तमी तिथि ८:७ पर अष्टमी तिथि पुनर्वसु नक्षत्र शिव योग बालव करण आनन्दादिमा धूम्र योग, चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:०५ मा र सूर्यास्त साँझ १७:३१ बजे हुनेछ । अष्टमी ब्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । शुभ समाचार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

वृष – आज विभिन्न अवसरले पछ्याउने योग छ । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । आरोग्यताका साथै प्रगति दर बढ्नेछ । सार्वजनिक कार्यक्रममा सफलता प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मिथुन – समस्याको समाधान प्राप्त हुने दिन छ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनु हितकर हुनेछ ।

कर्कट – कार्यगति र लगानी पनि बढ्नेछ । अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद भ्रमणमा रुचि रहला । पारिवारिक सुख मिल्नुका साथै उन्नति पदोन्नति पनि हुनेछ ।

सिंह – आजको दिन पुन: प्रयत्न गरेमा रोकिएका कामहरू बन्नेछन् । कार्यदक्षता बढ्नेछ । सौभाग्य बढ्नेछ । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । शुभ काममा सफलता प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ ।

कन्या – सफलताको दर बढ्नेछ । पारिवारिक सुखशान्ति समृद्धि बढ्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – स्वास्थ्यमा सुधार हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । अर्थ अभावले सताउने योग छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – भागदौड तथा ब्यस्तता बढ्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्, योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – आरोग्यता बढ्नेछ । कार्य क्षमता पनि वृद्धि होला । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजनको साथ मिल्नेछ । सन्तानसुख बढ्ला ।

मकर – आजको दिन प्रेमभाव बढ्नेछ भने धेरैको भलाइ हुने काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । मनग्य धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । परिवारिक सुख बढ्नेछ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – आजको दिन आर्थिक समस्या पर्न सक्छ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला । सवारीसाधन चलाउँदा भने सावधान रहनुहोला ।

मीन – पराक्रम बढ्ने र सुख वृद्धि हुने दिन छ । आफन्तको साथ मिल्नेछ । आफ्ना विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मानसम्मान पाइनेछ तर पनि गरिरहेको काममा केहि समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, होस राख्नुहोला । समस्याको समाधान मिल्नेछ । दाम्पत्य जीवनमा सुख वृद्धि हुनेछ ।