आजको पञ्चाङ्ग एवम् राशिफल (१ कात्तिक २०७९ मंगलबार, १८ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ कात्तिक २०७९ मंगलबार, १८ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ शरद ऋतु वि.सं. २०७९ कार्तिक १ गते मंगलबार तद्अनुसार सन् २०२२ अक्टुबर १८ तारिख कार्तिक कृष्ण पक्षको अष्टमी तिथि १०ः१४ पर नवमी तिथि मृगशिरा तिष्य नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादियोगमा प्रवर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः०६ बजे र सूर्यास्त साँझ १७ः३० बजेमा हुनेछ । कार्तिक संक्रान्ति, राधा अष्ठमी ।

आजको राशिफल

मेष – आजको दिन ब्यस्तता बढ्नेछ । उत्साहजनक समाचारले मन प्रशन्न हुनेछ । सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्नता मिल्नेछ । विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम र धन बढ्ने योग छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्जित धन खर्च हुन सक्छ । तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा प्रशस्त फाइदा हुनेछ । काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ ।

मिथुन – आजको दिन त्यत्ति उत्साहजनक नहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा वचन दिनाले दुःख पाइनेछ । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आरोग्यता, आशा–उत्साह र सुख बढ्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – दिन शुभकारी छ । आय बढ्नेछ तथा इष्टमित्र एवम् सन्तानको सुख प्राप्त हुनेछ । हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिठो भोजन प्राप्त होला । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कर्मबल बढ्ने तथा कार्य क्षमता वृद्धि हुने दिन छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । टाढाको यात्रा गर्ने मौका जुर्न सक्छ । भाग्यबल बढ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । हासविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – शुभता बढ्ने योगका कारण रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । सामान्य मेहनत गर्दा पनि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ। केही खर्च लाग्ने तर पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी गर्दा प्रतिफल राम्रै मिल्नेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला प्राप्त होला । शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ भने कामको चापका कारण धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्ला । अनावश्यक दौडधुपमा समय बित्न सक्छ, सोचेर पाइला चाल्नुहोला । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबारमा पनि सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। आमोदप्रमोदमा रम्ने योग छ । रचनात्मक कार्यमा सफल रहनेछ ।

धनु – प्रेमभाव बढ्ने र बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्दा नतिजा राम्रै मिल्नेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन भने हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । आइपरेका समस्याको समाधान गर्नुहुनेछ ।

मकर – आजको दिन पारिवारिक सुख प्राप्त हुनेछ । विशेष उपलब्धि हात पार्न सकिने समय छ। व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् भने बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्नेछ । नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – रसरागको भाव वृद्धि हुने र काममा सफलता मिल्ने योग भए पनि प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद मिल्नेछ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, विचार पुर्याउनुहोला । आज खर्च बढ्न सक्छ । घरपरिवारको स्थिति भने अनुकूल रहनेछ ।

मीन – दिन शुभदायी छ । प्रेमभाव बढ्ने र बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन् । सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । मनअनुकूलको काम बन्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । समयले साथ दिनेछ ।