आजको पञ्चाङ्ग एवम् राशिफल (२ कात्तिक २०७९ बुधबार, १९ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ कात्तिक २०७९ बुधबार, १९ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ कार्तिक २ गते बुधबार तद्अनुसार सन् २०२२ अक्टुबर १९ तारिख कार्तिक कृष्ण पक्षको नवमी तिथि तिष्य नक्षत्र ७ः२७ पर दशमी तिथि साध्य योग वणि करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः०६ मा र सूर्यास्त साँझ १७ः२९ मा हुनेछ ।

आजको राशिफल

मेष – आज केही ब्यस्त रहनुपर्ला । सामान्य उपलब्धिका लागि पनि ठूलो प्रयत्न गर्नुपर्ने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – पराक्रम बढ्ने र कार्यगति बढ्ने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, जित तपाईंकै होला । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ । मान प्राप्ति हुने योग छ ।

मिथुन – कार्यक्षमता वृद्धि हुने भए पनि न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । तथापि, समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ ।

कर्कट – शत्रुमाथि विजय प्राप्त हुने र सुख बढ्ने योग छ । रसरागमा आकर्षण बढ्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, सचेत रहनुपर्नेछ । । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुका कारण गल्तीबिनै आरोप लाग्न सक्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । प्रेमको बन्धनमा कसिनेछ । आज सवारीसाधन उपयोग गर्दा चाहिँ अलिक सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आस्वासन बाँड्नेहरूदेखि सावधान रहनु हितकर होला । व्यस्तता वृद्धि हुनेछ ।

कन्या – आयबल बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – कर्मबल बढ्नेछ । दाम्पत्य सुख वृद्धि होला । साझेदारीको काममा सफलता मिल्नेछ । तर बाध्यताका काममा जुट्नुपर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना पनि छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – शुभता वृद्धि हुनेछ भने कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ, ध्यान राख्नुहोला । चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।

धनु – मनमा सकरात्मकता बढ्नेछ । आजको दिन अलिक ब्यस्त रहनुपर्ला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ तर, लगनशीलताले कीर्तिमानी दिलाउने योग छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मित्रजनको सहयोग र समर्थन रहनेछ ।

मकर – मिठो भोजन प्राप्त हुनेछ । शुभता वृद्धि हुने योगका कारण आशा उत्साह बढ्ला । आजको दिन स्वास्थ्य भने अलिक कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । तथापि आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने र दाम्पत्य जीवन सुखद बन्नेछ । रसराग अनि प्रेममा सफलता मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – आरोग्यता बढ्नेछ । प्रयासरत काम ढिलै भए पनि बन्नेछ । शुभ समाचार प्राप्त होला । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्ताको परिणाम तपाईंकै पक्षमा रहला ।

मीन – प्रेमभाव बढ्नेछ भने मनोकूलको काम बनेर मन प्रशन्न रहला । शुभ काममा भाग लिनु हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । यश वर्चश्व बढ्ला । रसरागमा रुचि बढ्नेछ । आजको दिन भ्रमणमा आकर्षण बढ्नेछ ।