हामीले नजिते देश हार्नेछ : गोपाल नेपाल

हामीले नजिते देश हार्नेछ : गोपाल नेपाल


गोपाल नेपाल, सुनसरीका एक सशक्त युवा नेता । एकताक माओवादी युद्धमा समेत सहभागी भएका गोपाल अहिले हिन्दुराष्ट्रको स्थापना, जातिवादको अन्त्य, प्रदेश संरचनाको खारेजी र अभिभावकीय राज्यको स्थापना जस्ता एजेण्डासहित सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा त्रिशुल चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुभएको छ । गोपाल अङ्ग्रेजी साहित्यका स्नातकोत्तर हुनुहुन्छ र, बौद्ध दर्शनमा विद्यावारिधि गर्दै हुनुहुन्छ । उहाँसँगको सङ्क्षिप्त वार्तालाप यहाँ प्रस्तुत गरिएको छ ।

० तपाईं एक प्राज्ञिक व्यक्तित्व, प्राज्ञिक अभ्यासमा नलागेर राजनीतिमा किन अग्रसर हुनुभयो ?

– मैले प्राज्ञिक पेशामा करिब एक दशक बिताएँ तर देशको अवस्था सामान्य हुन सकेन, हाम्रा धर्म, संस्कृति, परम्परा, भाषा र देशकै सार्वभौम सत्तामाथिको प्राहारले मलाई पिरल्यो । देशको विद्यमान नेतृत्वले माखो नमार्ने बरु भ्रष्टाचारमा मात्र लिप्त भएको देखेर यसका विरुद्ध आवाज उठाउने र सकेको गर्ने अठोट लिएर म राजनीतिमा होमिएको हुँ, आशा छ– जनमत मेरो पक्षमा उभिने छ ।

० विकृतिविरुद्ध लड्न भर्खरै गठन भएका पार्टी समर्थ होलान् ?

– पुराना पार्टीहरू बाह्यशक्तिका एजेण्डा बोकेर देशघात गरिरहेका छन् भने गन्तव्यहीन नयाँ पार्टीहरू कुहिराका कागजस्ता छन् । गन्तव्यहीनहरूले झन् ठूलो समस्या पार्न सक्छन्, किनकि तिनीहरूका तामझामहरू कसैको प्रायोजनमा भएका हुन् ।

० तपाईं त प्रधानमन्त्रीका दाहिना हात भनिने मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकै विरुद्ध भिड्न पुग्नुभएछ, परास्त गर्न सक्नुहोला ?

– मैले परास्त गर्ने होइन, जनताले परास्त गर्नेछन् । राष्ट्रघातीहरूलाई प्रवेश निषेध गर्दै जनताले उनलाई स्वागत गरिरहेका छन् । तर म रामधुनीको दाउरा र कोशी टप्पूको खर बोकेर हुर्किएको मान्छे, म सुनसरी ४ का जनताको रुचाइएको पात्र हुँ ।

० तपाईंका चुनावी एजेण्डाहरू चाहिँ के छन् नि ?

– हाम्रो पार्टी ‘एकिकृत शक्ति नेपाल’ले तयार गरेको एजेण्डाहरू बोक्दै थप उत्पादनमुखी अर्थव्यवस्था, कृषिको दीगो विकास साथै पर्यटनको विकास जस्ता महत्वपूर्ण विषयहरूमा फोकस गर्दै देश स्वावलम्बन बनाउने अभियानमा ऐजेण्डा केन्द्रीत हुनेछन् ।

त्रिशुल चिन्हबाहक उम्मेदवारहरू

केही महिनाअघि मात्र गठन भएको एकीकृत शक्ति नेपालले समानुपातिक तर्फ ३६ र प्रत्यक्ष तर्फ १३ उम्मेदवारहरूलाई चुनावी मैदानमा उतारेको छ । नेपालीहरूले परम्परादेखि मानि आएका धर्म संस्कृतिको संरक्षण गर्ने वैदिक सनातन हिन्दुराष्ट्रको स्थापना, प्रदेश संरचनाको खारेजी, जातिवादको अन्त्य र अभिभावकीय राज्य व्यवस्थाको स्थापना जस्ता एजेण्डासहित त्रिशुल चिन्ह लिएर जनतामाझ आएका उम्मेदवारहरू –