बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले दिइन् राजीनामा


बेलायतका कट्टरपन्थी गृहमन्त्री सुएला ब्रेभरम्यानले प्रधानमन्त्री लिज ट्रसको सरकार छोडेकी छन् । योसँगै लिज सरकारमा थप अस्थिरता बढेको छ ।

राजीनामा पत्रमा ब्रेभरम्यानले ‘नियमहरूको प्राविधिक उल्लङ्घन’ भएको स्वीकार गर्दै अगाडि भनेकी छन्, ‘मैले गल्ती गरेको छु, म जिम्मेवारी स्वीकार गर्छु र राजीनामा गर्छु।’

उनको राजीनामा ब्रेभरम्यानलाई दोस्रो विश्वयुद्धपछि सबैभन्दा छोटो सेवा गर्ने गृहमन्त्री बनाएको छ । क्वासी क्वार्टेंगले चान्सलरको रूपमा राजीनामा दिएको एक हप्ताभन्दा कम समयपछि उनको राजीनामा आएको हो ।