आजको पञ्चाङ्ग एवम् राशिफल (५ कात्तिक २०७९ शनिबार, २२ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ कात्तिक २०७९ शनिबार, २२ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ कार्तिक ५ गते शनिबार तद्अनुसार सन् २०२२ अक्टुबर २२ तारिख कार्तिक कृष्ण पक्षको द्वादशी तिथि १६ः३४ बजेसम्म त्यसपछि त्रयोदशी तिथि पूर्वाफाल्गुणी नक्षत्र १३ः३१ पर उत्तरा फाल्गुनी नक्षत्र ब्रम्हा योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ६ः०८ मा भयो र सूर्यास्त साँझ १७ः२७ मा हुनेछ । शनिप्रदोषव्रत, यमदीप दान, धन त्रयोदशी (धनतेरस), त्रिपुष्कर १३ः३१ बजेदेखि १६ः३४ बजेसम्म ।

आजको राशिफल

मेष – आजको दिन ब्यर्थको विवाद तथा झैझगडामा फस्ने योग परेकोले बोल्दा र व्यवहार गर्दा एकदमै हो पुर्याउनुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ, तर ब्यापारमा भने फाइदै होला । मुद्दा मामिलामा पर्न सकिएला । । रसरागमा आकर्षण बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।

वृष – दौडधुपसँगै कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मन हर्षित हुने दिन छ भने सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदी बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ । मनमा दुविधा रहन सक्छ तर सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन पराक्रम बढ्ने र कार्यक्षमता वृद्धि हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । साथै, खुसीको खबर प्राप्त होला । चल तथम अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ। बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आज चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुनेछ । टाढाको यात्राको पनि योग रहेको छ । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । शत्रुमाथि विजय प्राप्त हुनेछ । स यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज दिन त्यत्ति शुभकारी देखिन्न । धनको नाश हुन दिने छ भने पीडा दिनेहरु सक्रिय रहलान् । व्यर्थको खर्च हुने हुँदा खर्च घटाउने प्रयास गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । व्यस्तता वृद्धि हुनेछ ।

कन्या – आजको दिन खुशीसाथ बित्नेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भने नयाँ कामको थालनी हुने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा–मामिलामा विजयी भइनेछ । धनलाभको योग छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मनोकूलको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

तुला – आयआर्जनको दृष्टिले आजको दिन शुभदायी छ । सोचेभन्दा बढी नै लाभ होला । आफन्त मिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । दाम्पत्य सुख बढ्नेछ । साझेदारीको काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – कर्मबल वृद्धि हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । यात्रा हुन सक्छ । कामहरु सजिलैसँग बन्नेछन । टाढाको यात्रा हुने योग छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – ब्यस्तता बढ्नेछ । घरेलु समस्याले सताउने योग छ । मित्र बनेर धोकादिनेहरु प्रशस्तै हुनेछन्, साथै अर्थको पनि हानी हुने दिन छ । शरिरमा रोगले सताउला । धनमाल हराउनाले मनमा पिडा थपिने छ, सजक रहनु होला । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – आज धनलाभ हुने योग भए पनि बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएकोले काममा कठिनाइ सहनुपर्नेछ । व्यस्तता बढ्नेछ । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आनन्द वृद्धि हुनेछ । आरोग्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव हुन्छ । पठन–पाठनमा मन जानेछ, घरायसी काममै दिन जाने देखिन्छ । कमाइ सोचेअनुरुप हुनेछ । वार्तामा सफलता मिल्नेछ ।

मीन – दिन राम्रो छ । आरोग्यता बढ्नेछ । शुभ काममा भाग लिनुहुनेछ । व्यापारमा सफलता रहने छ । मन मिलेका साथीभाइसँग भेटघाट पनि होला । नया कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ, आर्थिक लाभ पनि होला । आज कुनै नया कामको थालनी गर्नु भए राम्रो हुन्छ । रसरागमा रुचि बढ्नेछ ।