तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति सीले भने- ‘विश्वलाई चीन आवश्यक’

तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति सीले भने- ‘विश्वलाई चीन आवश्यक’


चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार बिहान पार्टीको केन्द्रीय समितिले अर्को पाँचवर्षे कार्यकालका लागि महासचिवमा निर्वाचित गरेपछि तेस्रो कार्यकालको पदभार ग्रहण गरेका छन् ।

बेइजिङको ग्रेट हल अफ द पिपुलमा आफ्नो छोटो विजयी भाषणमा सीले ‘विश्वलाई चीन चाहिन्छ’ भन्ने जोड दिँदै लगनशीलताका साथ काम गर्ने वाचा गरे । ‘तपाईंले हामीमा गर्नुभएको विश्वासको लागि म सम्पूर्ण पार्टीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । म हाम्रो पार्टी र हाम्रा जनताको ठूलो विश्वासको योग्य प्रमाणित गर्ने वाचा गर्दछु’, राष्ट्रपति सीले भनेका छन् ।

‘विश्वविना चीनको विकास हुन सक्दैन र विश्वलाई पनि चीनको आवश्यकता छ,’ उनले अघि भने, ‘सुधार र खुलापनका लागि ४० वर्षभन्दा बढी निरन्तर प्रयासपछि हामीले दुईवटा चमत्कार बनाएका छौँ- द्रुत आर्थिक विकास र दीर्घकालीन । सामाजिक स्थिरता ।’

राष्ट्रपति सीलेले ‘चिनियाँ राष्ट्रको कायाकल्प’ हासिल गर्ने बाचा पनि गरे, जसलाई चीनले ताइवानलाई विलय गर्न गरेको प्रयाससँग जोडेर ब्याख्या गरिएको छ ।