आजको पञ्चाङ्ग एवम् राशिफल (७ कात्तिक २०७९ सोमबार, २४ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ कात्तिक २०७९ सोमबार, २४ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ सरद ऋतु वि.सं. २०७९ कार्तिक ७ गते सोमबार तद्अनुसार सन् २०२२ अक्टुबर २४ तारिख कार्तिक कृष्ण पक्षको चतुर्दशी तिथि १७:४ पर अमावश्या तिथि हस्ता नक्षत्र वैधृति योग चतुष्पाद करण आनन्दादियोगमा वज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६:१० बजे र सूर्यास्त साँझ १७:२५ बजे हुनेछ । कुकुरतिहार, नरक चतुर्दशी, लक्ष्मीपूजा, दीपमालिका, सुखरात्रि, संयुक्त राष्ट्र संघ दिवस । साँझ ५ः३० देखि ८:०० बजे अमृत बेला र वृष लग्नमा लक्ष्मी पूजा गर्नु कल्याणकारी हुनेछ ।

आजको राशिफल

मेष – थोरै लाभका लागि पनि धेरै लगानी र श्रम गर्नुपर्ने दिन छ, सोचेर काम गर्नुहोला । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनुहोला । कुरा काट्नेहरु सक्रिय रहने छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । बौद्धिक र सृजनात्मक काममा भने सफलता मिल्नेछ । सन्तानबाट सुख र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आजको दिन बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । प्रेमभाव बढ्नेछ । कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगति होला । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्ला, कसैबाट अपमानित हुनुपर्ने सम्भावना समेत देखिन्छ । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । आशा उत्साह बढ्नेछ । रोकिएको काम बन्नेछ ।

मिथुन – दौडधुप वृद्धि भए पनि कार्यशक्ति बढ्नेछ । रसरागमा रुचि बढ्ने दिन छ । आत्मविश्वास जाग्नेछ । अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्षउल्लास छाउला । पढाइमा भने खासै प्रगति हुने छैन । कामबाट फुर्सद पाइनेछ । प्रसन्नता बढ्ला । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – पराक्रम र सुख बढ्नेछ । आशा उत्साह वृद्धि होला । घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरुको मुख बन्द हुनेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । शुभ काममा सफलता प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् ।

सिंह – आजको दिन केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरूको साथ मिल्नेछ। तथापि, भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । आफन्तसित भेटघाट हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – आरोग्य बढ्नुका साथै कार्य क्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, सचेत रहनुहोला । लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान्, मनमा शान्ति छाउनेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ, भाग्यबल बढ्नेछ । आशा उत्साह थपिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – रोकिएको काम बन्नेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ, ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन राम्रो छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ ।

वृश्चिक – आयबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । भाग्योदय होला । यात्रा हुने र रमाइलो भेटघाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला । व्यापारमा पनि सुधार आउनेछ । यात्राको क्रममा लाभ मिल्नेछ । सन्तानबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । साथीसित भेटघाट होला । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – कर्मबल बढ्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । ऋण,रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । मनोकूलको काम बन्नेछ ।

मकर – आजको दिन खर्च वृद्धि भए पनि परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पढाइमा सफलता पाउने आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सफलता मिल्ने छ । शुभता बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रामा सफलता पाउनुहुनेछ ।

कुम्भ – आज खर्च भन्दा कमाइ नै बढी हुने योग छ, तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना देखिन्छ । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

मीन – समयले साथ दिनेछ, समृद्धि बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने दिन छ, काम गर्न मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । भाग्यवर्द्धक काममा आकर्षण बढ्नेछ । सुखी र सफल रहनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ ।