छुरी-हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन

छुरी-हमलामा परेका सलमान रुस्दीको एउटा हात र आँखाले काम गर्दैन


गत अगस्टमा न्युयोर्कमा छुरा-हमलामा परेका विश्वप्रसिद्ध लेखक सलमान रुस्दीले एउटा आँखाको दृष्टि गुमाएका उनका निकटजनले खुलासा गरेका छन् । सलमानको एउटा हात पनि नचल्ने भएको बताइएको छ । ‘उनको छातीमा १५ भन्दा बढी घाउहरू छन्’ न्युयोर्कमा रहेका रुस्दीका एजेन्टलाई उद्धृत गर्दै स्पेनको एल पेस पत्रिकाले जनाएअनुसार सलमान रुस्दीमाथि भएको त्यो क्रुर हमला थियो ।

एल पेससँगको अन्तर्वार्तामा वाइलीले भनेका छन्, ‘उनले एउटा आँखाको दृष्टि गुमाएका छन् । उनको घाँटीमा तीन वटा गम्भिर घाउहरू थिए । उनको हातको नसा काटिएको कारण एउटा हात पनि नचल्ने भएको छ ।

अहिले रुस्दी कहाँ छन् भन्ने बारेमा पनि उनले केही खुलाएका छैनन् । सन् १९८८ को विवादास्पद उपन्यास सटानिक भर्सेसका कारण उनको हत्या गर्ने धम्की आएको छ । कतिपय मुस्लिमहरुले उनको पुस्तकले इस निन्दा गरेको बताएका छन् ।