आजको पञ्चाङ्ग एवम् राशिफल (८ कात्तिक २०७९ मंगलबार, २५ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ कात्तिक २०७९ मंगलबार, २५ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ कार्तिक ८ गते मंगलबार तद्अनुसार सन् २०२२ अक्टुबर २५ तारिख कार्तिक कृष्ण पक्षको अमावश्या तिथि १६:३ बजेसम्म त्यसपछि कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि चित्रा नक्षत्र १५:२९ पर स्वाती नक्षत्र विषकुम्भ योग किंसतुघ्न करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:१० मा र सूर्यास्त साँझ १७:२४ मा हुनेछ । दर्शश्राद्ध, गाईपूजा, ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण दिउँसो ४:५२ देखि साँझ ५:२४बजे, स्वाती नक्षत्र ।

ग्रहण फल : तुला राशिका व्यक्तिहरूलाई विशेष कष्ट । मेषलाइ स्त्रीपीडा, वृषलाई सौख्यम्, मिथुनलाई चिन्ता, कर्कटलाई व्यथा, सिंहलाई श्रीप्राप्ति, कन्यालाई क्षति, तुलालाई घात, वृश्चिकलाई व्यय, धनुलाई लाभ, मकरलाई सुख, कुम्भलाई माननाश, मीनलाई कष्ट ।

आजको राशिफल

मेष – समय अनुकुल नै छ । काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । प्रेममा आकर्षण बढ्नेछ । सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । कार्यव्यवहार सन्तोप्रद रहला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – दौडधूप तथा ब्यस्तता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने देखिए पनि छरछिमेकसँग सामान्य मनमुटाव बढ्न सक्छ, सावधान रहनुहोला । कुरा काट्नेहरुको कमी हुने छैन । ठूला व्यक्तिहरुबाट आलोचना हुने र कसैसंग बादविवादको सम्भावनासमेत छ । परिवारजनमा असमझदारी बढ््न सक्ने योग हुँदा सतर्कता अपनाउनु उत्तम हुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – पराक्रम बढ्ने र कार्यक्षमता वृद्धि हुने दिन छ । धनमान प्राप्तिको योग छ । तर आज कुनै काममा झमेलाको सामना गर्नुपर्ने देखिन्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

कर्कट – आजको दिन पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । तपार्इंले सोचेको काम पूरा हुन सक्छ, साथै पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । तथापि, हल्का तनाव रहला । रसरागमा आकर्षण भने बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – आज प्रायजसो कामहरू बन्नेछन् । मित्रजनको साथ सहयोग पाइनेछ । आर्थिक लाभ हुने दिन छ । भोजभतेरमा सहभागिता जनाउने अवसर जुर्न सक्छ । ठूला व्यक्तिको विश्वास सजिलै जितिएला । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । व्यस्तता वृद्धि होला ।

कन्या – आजको दिन विशेष सावधानी अपनाएर काम गर्नुपर्ला । भाग्य विपरीत मार्गमा चल्नाले समयले साथ दिनेछैन । धनको पनि नाश हुने योग छ । विवाद बढ्ने तथा सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध पुग्ने र मनमा चिन्ता बढने देखिन्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । यसका बाबजुद पराक्रम बढ्ने र रसरागमा आकर्षण बढ्नेछ ।

तुला – आजको दिन आइपर्नसक्ने कुनै पनि जोखिमप्रति ध्यान दिनुपर्नेछ । दाम्पत्य सुख बढ्नेछ भने साझेदारीको काममा सफलता मिल्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुन सक्छ । साँझपख कष्टको अनुभूति हुन सक्छ ।

वृश्चिक – आरोग्यबल वृद्धि हुनेछ भने समृद्धि बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धनलाभको योग छ साथै दिन खुशीसाथ बित्ने छ, परिवारमा पनि सुखको माहोल बन्न्नेछ । सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – दिन रमाइलो छ । सौभाग्य र सकारात्मकता बढ्नेछ । आज तपाइको कहीँ टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ ठाउँको यात्राको योग छ, पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ । हासखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । साझेदारीको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – समय मध्यमस्तरको छ । व्यस्तता बढ्नेछ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गाह्रो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला । तथापि आफन्तको साथ भने मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । आयस्रोत पनि बढ्ला ।

कुम्भ – कार्यक्षमता वृद्धि हुनेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा ब्यहोर्नुपर्ला । अरुको काम धेरै गर्नुपर्ला तर जश पाउने सम्भावना कमै रहनेछ, काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । प्रयासरत काम बन्नेछ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – सुख-शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न रहला । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रसरागमा रुचि बढ्नेछ ।