भारतीय मूलका रिषी सुनाक बेलायतको २५औं प्रधानमन्त्री

भारतीय मूलका रिषी सुनाक बेलायतको २५औं प्रधानमन्त्री


लण्डन । बेलायतको कन्जर्भेटिभ पार्टीका ४२ वर्षीय रिषी सुनाक बेलायतको २५औं प्रधानमन्त्री (मनोनित) चुनिएका छन् ।

रिचमोण्डबाट कन्जर्भेटिभ पार्टीका तर्फबाट एमपीको सिटमा सन् २०१५मा निर्वाचित भएका सुनाक बोरिस जोन्सनको नेतृत्वको सरकारमा अर्थ मन्त्री चुनिएका थिए । यही सालको मे १० मा राजीनामा दिएका जोन्सनले सेप्टेम्बरको ५ तारिख १० डाउनिँग स्ट्रिट आफ्ना उत्तराधिकारी लिज ट्रसका लागि आधिकारिक रुपमा छोडेका थिए । जोन्सनले छोडेको पदलाई पूर्ति गर्ने क्रमको कन्जर्भेटिभ पार्टीमा भएको चुनावमा २१,००० भोटको अन्तरले लिज ट्रससँग हारेका सुनाक, ४५ दिनपछि लिज ट्रसले राजीनामा दिएपछि प्रधानमन्त्रीको रुपमा कन्जर्भेटिभ पार्टीको तर्फबाट मनोनित भएका हुन् ।

बेलायतको साउथ ह्याम्प्टनमा सन् १९६०मा इष्ट अफ्रिकाबाट बसाइ सरेका भारतीय मूलका दम्पतीबाट जन्मेका रिषी सुनाक, भारतीय खरबौंपति एन. आर. नारायण मूर्तीकी छोरीसँग विवाह गरेको केही अवधिमा बेलायतको २२२औं धनी दम्पतीको रुपमा स्थापित भएका थिए ।

कन्जर्भेटिभ पार्टीका केही सदस्यहरुलगायत एमपीहरुको अनुरोधमा फेरि मूल राजनीतिमा आउन आग्रह गरिएका भूतपूर्व प्रधानमन्त्री बोरिस जोन्सनले प्रतिष्पर्धामा आफूलाई नउभ्याउने घोषणा गरेपछि पेनी मोर्डाउन्टले प्रतिष्पर्धाबाट हात उठाएकी थिईन्, त्यसैले सर्वसम्मतले रिषी सुनाक बेलायतको २५ प्रधानमन्त्रीको रुपमा कन्जर्भेटिभ पार्टीबाट छानिएका छन् ।