धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरीले जित्यो

धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरीले जित्यो


  • विकास रौनियार, धादिङ

त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ ।

सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुनिबेसी नगरपालिकालाई चार विकेटले हराउँदै उपाधि जितेको हो । योसँगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनिवेशीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।