बालाजुबाट दुई विदेशी नागरिक पक्राउ

बालाजुबाट दुई विदेशी नागरिक पक्राउ


बालाजुको गंगाहलनजिकै फ्ल्याट लिएर बसेका दुई जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बोलिभिया घर भएकी युवती र ग्वाटेमालाका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा बोलिभियाकी २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जा र ग्वाटेमालाका ७३ वर्षीय जेष्ठ नागरिक ली मुन्नो बार्नी रहेको प्रहरीको भनाइ छ । पर्यटक भिषामा नेपाल आएका उनीहरूको भिषाको म्याद नाघेको भेटिएको र कानुनी कारवाहीका लागी प्रहरीले अध्यागमन विभागमा बुझाएको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरू एक वर्षअघि नेपाल आएर काठमाडौं-१६ स्थित गंगाहल नजिकै फ्ल्याटमा सँगै बसिरहेका थिए ।