अमेरिकी विद्यालयमा गोली चल्यो, तीन जनाको मृत्यु

अमेरिकी विद्यालयमा गोली चल्यो, तीन जनाको मृत्यु


संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य ६ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताएका छन् ।

“यो हामी सबैको लागि हृदयविदारक दिन हो,“ सैकको भनाइ छ ।