भेरी किनारमा भोज खाना गएका एकको मृत्यु, एक बेपत्ता

भेरी किनारमा भोज खाना गएका एकको मृत्यु, एक बेपत्ता


भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका-४ का २० वर्षीय रोशन खड्काको मृत्यु भएको छ । भेरी नगरपालिका ३ का २६ वर्षीय विक्रान्त केसीचाहिँ सोही नदीमा बेपत्ता भएका छन् ।

प्रहरीले जनाएअनुसार नदीमा डुबेका वीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ ।

रोशन र वीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । नदीपारी रहेको शवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताए ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेलास्थित भेरी नदी किनारामा पिकनिक (भोज)को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।