आजको पञ्चाङ्ग एवम् राशिफल (२८ वैशाख २०८१ शुक्रबार, १० मे २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ वैशाख २०८१ शुक्रबार, १० मे २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख २८ गते तद्अनुसार सन् २०२४ मे १० तारिख शुक्रबार वैशाख शुक्ल द्वितीया तिथि ६ः३ पर तृतीया तिथि रोहिणी नक्षत्र अतिगण्ड योग तैतिल करण आनन्दादिमा मित्र योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२० मा भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । परशुराम जयन्ती, अक्षय तृतीया,महिला ज्योतिष संघ संस्थापना दिवस ।

आजको राशिफल

मेष – आजको दिन उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । अरूकै काम र अनावश्यक भ्रमणमा समय बित्न सक्छ । काम पूरा नहुनाले मन खिन्न रहला । स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बिस्तारै अघि बढ्नेछ ।

वृष – विगतका समस्या बल्झिन सक्ने समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने योग रहेकोले सचेत रही कर्म गर्नुहोला । मेहनतअनुसार फाइदा कमै हुने दिन छ । लेनदेनमा विवाद होला, सावधानी अपनाउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तजनको साथ रहला ।

मिथुन – समय केही चुनौतीयुक्त रहेकोले ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । कसैले आश देखाएर फसाउन सक्छ, सचेत रहनुहोला । आफू केही कमजोर भएको अनुभूति हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि हासिल नहुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ र परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्ला । शत्रुहरू किनारा लाग्नेछन् । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति बढ्नुको साथै कार्य सफलताको योग छ ।

कन्या – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर, आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई फाइदा पुग्ने समय छ । आजको दिन सवारीसाधनको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – समय शुभदायी छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । व्यापारमा पनि बढी नै लाभ मिल्ने योग छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सम्बन्ध सुखमय रहला । मिठो भोजन प्राप्त हुनेछ । आजको दिन रकम ब्यय गर्नुपर्ने काममा विशेष योजना र बजेट बनाएरमात्र गर्नु हितकर हुनेछ ।

धनु – सानातिना काममा महत्वपूर्ण समय बित्नसक्ने दिन छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पु¥याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उचित हुनेछ । साहसमा भने कमी आउनेछैन । रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला ।

मकर – आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउन सक्छ । पढाइलेखाइमा भने प्रगति गर्न सकिने देखिन्छ । रसरागमा आकर्षण रहने तथा सन्तानसुख बढ्नेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउन सक्छन् । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला, ध्यान राख्नुहोस् । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – समय राम्रो छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । व्यापारमा राम्रै फाइदा हुनेछ भने विभिन्न सहयोग तथा उपहार पाइनेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । पराक्रम वृद्धि हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।