आजको पञ्चाङ्ग एवम् राशिफल (९ कात्तिक २०७९ बुधबार, २६ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ कात्तिक २०७९ बुधबार, २६ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४३नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक ९ गते तद्अनुसार सन् २०२२ अक्टुवर २६ तारिख बुधबार कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथि १५ः३५ पर द्वितीया तिथि स्वाती नक्षत्र १५ः११ पर विशाखा नक्षत्र प्रीति योग बालव करण आनन्दादिमा धूम्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः११ मा भयो र सूर्यास्त साँझ १७ः२३ बजेमा हुनेछ । चन्द्रोदय, गोवर्द्धन पूजा, म्हपूजा, गोरुपूजा, बलिपूजा, हलितिहार, ने.सं.११४३ प्रारम्भ ।

आजको राशिफल

मेष – आज आरोग्यता बढ्नेछ र आर्थिक पक्ष बलियो बन्नेछ । शुभ समाचार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । काम गर्न जाँगर आउनाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । नयाँ कामको योजना बनाउँदा फाइदा हुन सक्छ, साथै ब्यापारब्यवसाय बाट पनि लाभ मिल्ने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – बौद्धिक र रचनात्मक काममा सफलता मिल्ने दिन भए पनि आज अज्ञात डरले सताउन सक्छ । कसैसंग हल्का मनमुटाव पनि होला । विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना पनि देखिन्छ । तथापि पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त होला ।

मिथुन – समय राम्रै छ । शरीरमा आरोग्यता र हृदयमा प्रेमभाव बढ्नेछ । धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । मनोकूलको काम बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढे पनि आज कार्यगति पनि बढ्नेछ । पराक्रम वृद्धि होला । सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । रसरागमा आकर्षण बढ्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

सिंह – आजको दिन मान-महत्व वृद्धि होला । कार्य दक्षता बढ्नेछ । आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आज बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, ध्यान राख्नुहोला । अल्छीपनले सताएर काममा हानी पुग्न सक्छ । स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । खानपानमा विचार पुर्याउनु होला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरि सुरु हुन सक्छन् । शुभ र धनवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थयमा सुधार होला । आयमा वृद्धि हुनेछ । पाहुनाको आगमन हुने दिन छ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – चिताएको काममा सफलता प्राप्त हुनेछ । धनलाभ हुने दिन छ । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । आज अनौठो तरिकाबाट धनलाभ हुन सक्छ । शुभ काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्दा बेस होला । रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आयबल बढ्नेछ । कार्य क्षमता वृद्धि होला । सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ । यात्राको पनि योग छ । अनौठो तरिकाबाट धन कमाइने छ भने आज रमाइलो यात्राको योग पनि रहेको छ । मनोरञ्जनका क्रममा दिन बित्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – आज नसोचेको र बेकामको क्षेत्रमा पैसा खर्च हुने योग रहेकोले सावधान रहनुहोला । सामान्य रोगले सताउन सक्छ । भौतिक सरसामनको पनि क्षति हुन सक्छ । तथापि कार्यक्षमता भने बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – परिवारिक सुख बढ्नेछ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त होला । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता प्राप्त होला । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मीन – आज व्यस्तता बढे पनि पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी होला । आम्दानीका बाटाहरु खुल्नेछन् । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । आवश्यक र उपलब्धिमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । इष्टमित्र सन्तानको सुख प्राप्त होला ।