आजको पञ्चाङ्ग एवम् राशिफल (१० कात्तिक २०७९ बिहीबार, २७ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० कात्तिक २०७९ बिहीबार, २७ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक १० गते बिहीबार तद्अनुसार सन् २०२२ अक्टुबर २७ तारिख कार्तिक शुक्ल पक्षको द्वितीया तिथि १४ः१२ पर तृतीया तिथि विशाखा नक्षत्र १४ः२९ पर अनुराधा नक्षत्र आयुष्मान योग १०ः३४ पर सौभाग्य योग तैतिल करण आनन्दादियोगमा प्रवर्द्ध योग चन्द्रमा ८ः४२ बजे सम्म तुला राशिमा त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः१२ बजे भयो र सूर्यास्त साँझ १७ः२२ मा हुनेछ । यमद्वित्तिया, भाइटीका (किजापूजा), भाइटीकाको लागि अभिजित योग र सौभाग्य योग ११ः३० बजेतिर ।

आजको राशिफल

मेष – लाभदायक समय छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । जोखिम मोल्नुपर्ने कुराबाट आजको दिन पन्छिनु हितकर रहला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – प्रेमभाव बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयापैसाको कारोबार हुने दिन छ । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्नेछन् । नयाँ सामान खरिद गर्ने योग परेकोले पैसा भने अनायसै खर्च हुन सक्छ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – आजको दिन खासै राम्रो देखिँदैन । गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य वादविवाद र झैझगडाको सम्भावना छ । मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नुहोला । रसरागमा भने रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – मिश्रित खालको समय छ । प्रेमभाव बढ्नेछ, नयाँ सम्भावना देखापर्नेछ । तर, परिवारमा खटपट हुनुका साथै व्यवारिक समस्याले सताउने छ । कामहरु अधुरै रहनाले मनमा खिन्नता बढ्ला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउन पनि सक्छन् । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – दिन रमाइलोसँग बित्ने छ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आफन्तसित भेटघाट हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । सम्पन्नता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – पराक्रम तथा कार्यक्षमता वृद्धि हुनेछ । परिवारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । सामाजिक कार्यमा संलग्न हुनु पर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ । साथीभाइसित भएको छलफल र कुराकानीबाट धनलाभको बाटो पत्ता लाग्नेछ । आशा उत्साह थपिनेछ । विलासमा रुचि बढ्ला ।

तुला – आजको दिन कार्यक्षेत्रमा सफलता मिल्ने योग रहे पनि स्वास्थ्यमा समस्या देखापर्न सक्छ । गरेका कार्यहरु सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने समय छ । गरेका कामहरुमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ । रोगको कारणले धनको पनि नाश होला । आफन्तको सहयोग समर्थन मिल्नेछ ।

वृश्चिक – आरोग्यबल बढ्नेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । भाग्योदय होला । आफन्तको सहयोग बढ्नेछ । रोकिएका कामहरु बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परि आएका समस्याको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । गीतसंगीतमा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – लगानी बढ्नेछ भने बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम गर्न सके मिहेनत खेर नगइ अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । यात्रा पनि होला । सन्तानबाट सुख प्राप्त हुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । यात्राको लागि उचित समय रहेको देखिन्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । अनौठो र लाभदायक यात्राको योग छ । सरसामान बिग्रेर दुःख पनि पाइएला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ ।

कुम्भ – आजको दिन सोचेनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । सामान्य रोगले पनि सताउला । आज आर्थिक कारोबार नगरेको राम्रो । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आज काममा त्यत्ति मन नजान सक्छ । तर, परिश्राम गर्दा आँटेगरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । प्रेम प्रसंगमा बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ ।