आजको पञ्चाङ्ग एवम् राशिफल (११ कात्तिक २०७९ शुक्रबार, २८ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ कात्तिक २०७९ शुक्रबार, २८ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ कार्तिक ११ गते शुक्रबार तद्अनुसार सन् २०२२ अक्टुबर २८ तारिख कार्तिक शुक्ल पक्षको तृतीया तिथि १२ः२८ बजे सम्म त्यसपछि कार्तिक शुक्ल पक्षको चतुर्थी तिथि अनुराधा नक्षत्र १३ः२७ पर ज्येष्ठा नक्षत्र सौभाग्य योग ४ः१४ पर शोभन योग वणि करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६ः१२ मा र सूर्यास्त साँझ १७ः२१ बजे हुनेछ ।

आजको राशिफल

मेष – भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् भने नसोचेको ठाउबाट केही लाभ होला । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने योग छ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ । रसरागमा आकर्षण बढ्नेछ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आनन्द बढ्ने र रमाइलो तरिकाले कामहरु गर्न पाइने दिन छ । ब्यापारमा हुनेहरुका लागि भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ । केहि अधुरो काम सम्पन्न हुनेछ । कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – आजको दिन बोली र व्यवहारमा सतर्कता अपनाउनु हितकर होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । अरुको कम मात्र भर पर्नु उचित हुनेछ । केही विवादमा समेत परिने योग छ, सावधान रहनुहोला । शरीरिक तथा मानसिक आलस्यता बढ्नेछ । प्रेममा आकर्षण बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

सिंह – व्यस्तता र सामर्थ्य बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आरोग्यता बढ्नेछ ।

कन्या – पराक्रम बढ्नेछ । नोकरिरी तथा राजनीतिमा गरेका प्रयास हरु फलदायी रहनेछन । अरुले तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । उत्साहजनक समय रहनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

तुला – दाम्पत्यसुख बढ्ने योग रहे पनि आज स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी आज नगर्नु होला । बाध्यताका काममा जुट्नुपर्ला । साझेदारीको काममा सफलता मिल्नेछ । पराक्रम बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्यबल वृद्धि हुनेछ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्ने छ । आफुभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नुहोला, समर्थन गर्ने प्रशस्त मिल्नेछन् । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – लगानी बढ्नेछ । साझेदारीको काम बन्नेछ । यात्राको योग रहेको छ । परिवारमा खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नुहोला । गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ । दैनिक काममा सफलता मिल्नेछ ।

मकर – स्वास्थ्यमा सुधार हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । आयस्रोत बढ्ला ।

कुम्भ – कर्मबल वृद्धि हुने योग भए पनि सोचेअनुसार काम बन्न कठिन छ । नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च बढ्ने छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

मीन – शुभता बढ्ने दिन छ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । शुभ काममा भाग लिनु हुनेछ । रसरागमा रुचि बढ्नेछ ।