आजको पञ्चाङ्ग एवम् राशिफल (१२ कात्तिक २०७९ शनिबार, २९ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ कात्तिक २०७९ शनिबार, २९ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक १२ गते तद्अनुसार सन् २०२२ अक्टुबर २९ तारिख शनिबार कार्तिक शुक्ल पक्षको चतुर्थी तिथि १०ः२७ पर पञ्चमी तिथि ज्येष्ठा नक्षत्र १२ः८ पर मूल नक्षत्र अतिगण्ड योग बब करण आनन्दादिमा मुशल योग चन्द्रमा वृश्चिक राशिमा १२ः८ त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१३ मा र सूर्यास्त साँझ १७ः२० बजे हुनेछ ।

आजको राशिफल

मेष – समयले साथ दिनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । पारिवारिक सुख बढ्नेछ । तर बन्न लागेको काम बिग्रन सक्ने योग रहेकोले आजको दिन विशेष योजना गोप्य राख्नुहोला । सानो लापर्वाहीले पनि काममा अवरोध आउनेछ भने काम बिग्रनाले त्यसै त्यसै दिक्क लागेर आउला । आज तपाईंको आत्मविश्वास उच्च रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आर्थिक एवम समाजिक लाभ मिल्ने दिन छ । सुख र धन वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आम्दानी प्रशस्तै बढेर नयाँ योजनाहरुको सिर्जना होला । अरुको विश्वास जित्न सकिनेछ भजे अधुरा काम बनी मन हर्षित हुने दिन छ । पठनपाठनमा पनि प्रगति हुनेछ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आफन्तबाट सुख र सहयोग प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । मन प्रफुल्ल रहला । प्रयास गर्दा प्रेममा सफलता पाउने र वैवाहिक बन्धनको योग छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – तपाईंको इर्ष्या गर्नेहरू सक्रिय रहन सक्छन्, तसर्थ आजको दिन विशेष सतर्कता अपनाएर व्यवहार गर्नु हितकर रहनेछ । छरछिमेकमा झगडा हुन सक्छ, सावधान रहनुहोला । गलत विचार बढ्न सक्छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । शरिरमा आलस्यता छाउने देखिन्छ । कसैसँग सामान्य वादविवाद पर्ने देखिन्छ । यसका बाबजुद कार्यगति र पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ ।

सिंह – आजको दिन कार्यदक्षता र कार्यगति बढ्नेछ । आशा उत्साह बढ्नेछ । व्यापारमा सफलताले मन रमाउने छ । धन कमाउने अवसर मिल्नेछ । जागीरमा रहेका हरुको लागि पनि दिन सामान्य नै छ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका पाइनेछ । आरोग्यता वृद्धि होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – पराक्रम बढ्ने र पारिवारिक सुखशान्ति तथा समृद्धि बढ्नेछन् । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । ठूला व्यक्तिको आशा र भरोसा प्राप्त होला । बोलीको प्रभावले कामहरु सहज हुनेछन् । धार्मिक काममा मन जानेछ । रचनात्मक काममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । समग्रमा दिन रमाइलो छ ।

तुला – आजको दिन व्यावसायिक यात्राको सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । विविध लाभ पनि होला । सहयोग र नयाँमित्रको आगमनले मन प्रशन्न हुनेछ । धनको लाभ पनि होला । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । रसरागमा रुचि बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यताप्रति विशेष ख्याल राख्नुपर्ने दिन छ । स्वास्थोपचारमा खर्च हुन सक्छ । खानपानमा विशेष ध्यान राख्नुहोला । परिश्रमबाट लक्षय पूरा गर्न सकिनेछ । नोकरी र राजनीतिमा केही अप्ठ्याराको सामना गर्नुपर्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – शुभता बढ्नेछ । कार्य क्षमता वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । आय वृद्धि हुने दिन छ । मिठो भोजन प्राप्त होला । रोकिएको काम बन्नुसँगै उधारो धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।

मकर – अनुकूलता बढ्नेछ । भविष्यका लागि विशेष कामको जग बसाउने अवसर जुट्नेछ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा पनि लाभ हुने देखिन्छ । कमाइ बढ्नाले सुख वृद्धि होला । विगतको श्रमबाट पनि धनलाभ हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ ।

कुम्भ – आयबल बढ्नेछ । परिवारिक सुख वृद्धि होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन । साथीभाइसँग भेटघाट होला । नौलो स्थानको रमाइलो यात्रा हुने योग छ । रोकिएका कामहरु बन्नेछन् । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।

मीन – कर्मबल बढ्ने योग भए पनि समय त्यति राम्रो छैन । गलत विचार बढ्न सक्छ भने समयमा सही निर्णय गर्न सकिँदैन । रोगले साताउला । सोच्दैनसोचेको ठाउँमा खर्च हुन सक्छ । आफन्तको साथ मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।