आजको पञ्चाङ्ग एवम् राशिफल (१४ कात्तिक २०७९ सोमबार, ३१ अक्टोबर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ कात्तिक २०७९ सोमबार, ३१ अक्टोबर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ कार्तिक १४ गते सोमबार तद्अनुसार सन् २०२२ अक्टुबर ३१ तारिख कार्तिक शुक्ल पक्षको सप्तमी तिथि पूर्वाषाढ़ा नक्षत्र ८:५९ पर उत्तराषाढ़ा नक्षत्र धृति योग गर करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा १४:३४ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६:१४ मा भयो र सूर्यास्त साँझ १७:१९ बजेमा हुनेछ । छठ पूजाको पारण ।

आजको राशिफल

मेष – आज मित्रजनको साथ प्राप्त हुने भए पनि व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । ढिलासुस्ती हुनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनुहोला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केही रुपैयाँपैसा खर्च हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – व्यस्तता बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईंले अरुलाई गर्नुभएको बाचा पूरा हुने दिन रहेको छ । टाढिएका आफन्तको यादले पिरोल्ने योग छ । अन्य कुरामा सुखले साथ दिनेछ । प्रेममा आकर्षण बढ्नेछ । आरोग्य वृद्धि हुनेछ ।

मिथुन – नयाँ काम सुरु गर्ने समय छ । शुभता बढ्नेछ । कार्यगति वृद्धि होला । नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउबाट धन आउने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

कर्कट – पराक्रमका साथै प्रेमभाव बढ्नेछ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ ।

सिंह – आजको दिन हातहतियारबाट जोगिनुपर्ला । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुन सक्छ । काममा आलश्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । कसैसंग मनमुटाव पनि हुनसक्छ । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुने योग भए पनि कामहरु अधूरै रहने सम्भावना छ । आज मानसम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । जागिरमा पनि समस्या हुने दिन छ । काममा ढिलाइ भइ सोचेको काम नबन्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

तुला – दिन मनोरञ्जनपूर्ण ढङ्गले बित्ला । चलअचल सम्पत्तिको कारोवार हुन सक्नेछ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । साझेदारीको काममा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आरोग्यबल वृद्धि हुनेछ । प्रेममा सुखद मिलनको अनुभव होला । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जानेछ । टाढाको यात्राबाट धनको लाभ पनि हुन सक्छ । वाहन चौपाया आदिको कामबाट फाइदा हुने देखिन्छ । कर्ममा सफल साबित हुनुहुनेछ ।

धनु – आजको दिन त्यति सुखद र शुभकारी देखिँदैन । स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनुहोला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन् एकदमै सवधान रहनुहोला । स्वास्थ्य कमजोर रहनाले कार्यमा सुस्तता र नसोचेको ठाउँमा धनको नाश हुने योग छ । मित्रजनको सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

मकर – शुभता बढ्नेछ । आज कामहरु सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ । कसैबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन् । आशा उत्साह बढ्ला । रसराग तथा प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – शुभ समाचार प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । कार्य क्षमता वृद्धि होला । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । सोचेभन्दा बढी नै लाभ हुने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – आज मनोकूलको काम बनेर मन प्रशन्न रहला । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुहोला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । आम्दानीको स्रोत बढ्नेछ । शुभ काममा भाग लिनुहुनेछ । सुखशान्तिमा बढोत्तरी होला ।