आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०७९ मंगलबार, १ नोभेम्वर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ कात्तिक २०७९ मंगलबार, १ नोभेम्वर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक १५ गते तद्अनुसार सन् २०२२ नोभेम्बर १ तारिख मंगलबार कार्तिक शुक्ल पक्षको अष्टमी तिथि उत्तराषाढ़ा नक्षत्र ७:१८ पर श्रवण नक्षत्र शूल योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:१५ मा भयो र सूर्यास्त साँझ १७:१८ बजे हुनेछ । भौमाष्टमीव्रत, गोरखकाली पूजा, गोपाष्टमी, मुखअष्टमी ।

आजको राशिफल

मेष – आज मनमा चिन्ता बढ्ने र धनमाल हराउने योग छ, सावधान रहनुहोला । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्‍याउन सक्छ । नसोचेको ठाउमा खर्च हुन सक्ने देखिन्छ । तथापि, उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । शत्रुमाथि विजय प्राप्त होला । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

वृष – खर्च बढ्ने तथा लेनदेनमा विवाद बढने दिन रहेकोले संयम भएर काम गर्नुहोला । चिताएको काम भने पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, उत्साहजनक समाचारले हर्ष बढ्नेछ । आफन्त मिलनले सुख दिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – समस्याको समाधान प्राप्त हुने बेला छ । यात्रामा सफलता प्राप्त हुनेछ । व्यापारमा सफलता पाउनुहोला । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग समेत देखिन्छ। आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – प्रियजनसँग भेटघाट होला । प्रेमभाव र आनन्द बढ्नेछ । अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनीतिमा सफल भइएला । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । कार्यगति बढ्नेछ । रसरागमा आकर्षण रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन कार्यदक्षता बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने योग रहे पनि आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । वादविवादको सामना गर्नुपर्ला । यसका बाबजुद नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । मित्रजनको साथ मिल्नेछ ।

कन्या – आज प्रेमभाव बढ्ने र पारिवारिक सुख शान्ति बढ्ने देखिन्छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । तर नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ र पनि कीर्तिमानी काम सम्पादन हुनसक्ने तथा विभिन्न अवसर पाइने योग छ । जागिरको काममा भने डर हुनेछ । आज आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – व्यस्तता बढ्नेछ । रसरागमा रुचि रहला । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्य बढ्नेछ भने अप्रत्याशित लाभ हुने योग छ । नयाँ कामका स्रोत फेला पर्लान् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । दाम्पत्यसुख बढ्नेछ । कार्यमा सफलता प्राप्त हुनेछ । ऋण, रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आजको दिन कार्य क्षमता वृद्धि हुने देखिन्छ तर अनावस्यक झमेलामा परिएला । खानामा पनि सावधान रहनुहोला । दु:ख दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनुहोला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । प्रेममा सफलता प्राप्त होला ।

मकर – आरोग्यता र कार्यक्षमता बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नुहुनेछ । मनोकूलको काममा सफलता मिल्नेछ ।

कुम्भ – दिन राम्रो छ । परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा मातापिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । यात्रामा सफलता प्राप्त होला ।

मीन – काममा मन जाला । आयबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । लामो यात्राको योग पनि छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । इष्टमित्र सन्तानबाट सुख प्राप्त हुनेछ ।