- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक १६ गते बुधबार तद्अनुसार सन् २०२२ नोभेम्बर २ तारिख, कार्तिक शुक्ल पक्षको नवमी तिथि धनिष्ठा नक्षत्र गण्ड योग बालव करण आनन्दादियोगमा मित्र योग चन्द्रमा मकर राशिमा १६:५५ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६:१६ बजे र सूर्यास्त साँझ १७:१७ बजे हुनेछ । कुष्माण्डनवमी ।
आजको राशिफल
मेष – कर्मबल बढ्नेछ । सोचेभन्दा ज्यादा आय वृद्धि हुने योग छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त होला । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ, तथापि बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने पनि देखिन्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – भाग्यबलका साथै कर्मबल बढ्ने दिन छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउने तथा दाजुभाइमा भागबन्डाको समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ। सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।
मिथुन – समय मिश्रित परिणाम दिने खालको छ । साझेदारीको काममा सफलता मिल्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रियजनसँग भेटघाट र प्रसन्नता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइनेछ। अर्कोतर्फ एक्लोपनाको अनुभूति हुने योग छ। राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमोटाव र छटपटी बढ्ने देखिन्छ । रसरागमा रुचि बढ्नेछ ।
कर्कट – व्यस्तता बढ्ने र हिम्मतले जटिल कामसमेत सम्पादन हुने दिन छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ। विद्यार्थीहरूमा चाहिँ पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ । परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । यात्रामा सफलता प्राप्त हुनेछ । रोकिएका काम बन्नेछन्
सिंह – प्रेमभाव बढ्नेछ । आफन्तसित भेटघाट हुनेछ । धन सम्पन्नता बढ्ला । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ। भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ। पेट र छातीसम्बन्धी समस्याले भने सताउन सक्छ। विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन्। मिठो भोजन प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
कन्या – आजको दिन शुभकारी नै रहला । प्रेमभाव बढ्नेछ । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। नयाँ उद्योगधन्दाको थालनी गर्न सकिनेछ। समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा भने बाधा पुग्नेछ। परिबारिक सुख वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । हाँसविलासमा रुचि बढ्नेछ ।
तुला – मान-महत्व बढ्नेछ भने रोकिएको काम बन्नेछ । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। तथापि, स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने योग पनि रहेको छ । झुटा आरोप आइलाग्न सक्छ । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई चाहिँ समय निकै अनुकूल देखिन्छ। आफन्तको सहयोग समर्थन मिल्नेछ ।
वृश्चिक – आजको दिन धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ। साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।
धनु – आरोग्यता बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । व्यवसायमा केही उतारचढाव आए पनि अन्तत: फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ। व्यापारव्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले भने सताइरहनेछन् । समस्याको समाधान गर्नुहुनेछ । आर्थिक लाभ हुने काममा लाग्नु हितकर रहला ।
मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । परिश्रमबाटै घरजग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ । सामाजिक प्रतिष्ठा बढ्नेछ र मानसम्मान पाइनेछ। जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखा पर्ला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
कुम्भ – बोलीको गलत अर्थ लाग्न सक्ने योगका कारण आजको दिन विचार गरेर बोली–व्यवहार गर्नु हितकर हुनेछ । बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। स्थायी सम्पत्ति जोड्ने समय छ। नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । रसरागको भाव वृद्धि होला । आर्थिक पक्ष बलियो बन्नेछ ।
मीन – दिन शुभकारी छ । शुभ समाचार प्राप्त हुनेछ । आयबल बढ्नेछ । भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । सामाजिक पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ। बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । समयले साथ दिनेछ ।
प्रतिक्रिया