बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिपका लागि आज नेपाल र भुटान भिड्दैछन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
उपापिध जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो ।
डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।
नेपाली टोली
गोलकिपर: राधिका ओली, सुजता तामाङ, रुपा धिमाल
रक्षक: सिता रोकाया, दिपा मगर, अञ्जना पुन मगर, अमिता भुल, विपना स्नेही, रेणु लिम्बु, डोल्मा लामा
मिडफिल्डर: सिम्रन राई, पुनम चेम्जोङ, भाजना परियार, सविता मण्डल, भुमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
स्ट्राइकर: दिपा रोकाया (कप्तान), समीक्षा मगर, वर्षा ओली, सेनु परियार
प्रतिक्रिया