आजको पञ्चाङ्ग एवम् राशिफल (१८ कात्तिक २०७९ शुक्रबार, ४ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ कात्तिक २०७९ शुक्रबार, ४ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक १८ गते तद्अनुसार सन् २०२२ नोभेम्बर ४ तारिख शुक्रबार कार्तिक शुक्ल पक्षको एकादशी तिथि पूर्वाभाद्रपद नक्षत्र ध्रुव योग ४ः४२ पर व्याघात योग वणि करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः१७ मा र सूर्यास्त साँझ १७ः१६ बजे हुनेछ । हरिबोधिनी एकादशी व्रत, तुलसीविवाह, भीष्मपञ्चकारम्भ, बराहक्षेत्रमा धार्मिक मेला प्रारम्भ, खोटाङ बराहपोखरी मेला, मकवानपुर भैंसे त्रिखण्डेश्वर महादेव मेला ।

आजको राशिफल

मेष – मनोकूलको काममा सफलता मिल्ने योग रहेकोले चुनौतीका बाबजुद आज नसोचेको काम बन्न सक्छ। छरछिमेकमा भने केही असमझदारी बढ्ने देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । पारिवारिक सुख शान्ति समृद्धि बढ्नेछ । शुभ समाचार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । धैर्यले काम लिने समय छ ।

वृष – कर्मबल बढ्नेछ । समय उत्साहवर्द्धक रहला । पितृधन लाभ हुने योग छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । शारीरिक तथा आर्थिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन – आजको दिन सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । यात्रामा सफलता प्राप्त होला । मान पुरस्कार प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – भागदौड ब्यस्तता बढ्नेछ । अलिम द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग रहेकोले काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नपर्ला । व्यापार तथा उद्योगतर्फ भने फाइदाको योग छ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – आजको दिन शुभदायी देखिन्छ । सुख वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा फाइदा हुने योग छ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। भूमि तथा मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यता बृद्धि होला । इष्टमित्रको साथ मिल्नेछ ।

कन्या – आरोग्यताका साथै पारिवारिक सुख शान्ति बढ्नेछ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला – आजको दिन स्वास्थ्यमा कमजोरी महसूस भए पनि जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सचेत रहनुहोला । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला । लेनदेनमा भने विवाद आउने योग छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – ब्यस्तता बढ्नेछ । प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्नेछ । काममा लगानीको समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्दा सहज अनुभूति होला । शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – कार्य क्षमता वृद्धि हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ । आम्दानी बढ्नेछ। बौद्धिक र रचनात्मक कार्य काममा सफलता मिल्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – कार्यक्षमता बढ्नेछ, भएको दायित्व पूरा गर्नुहुनेछ । तथापि, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । व्यावसायिक काममा खर्च बढ्नेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । इष्टमित्र एवम् सन्तानबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – परिवारिक सुख बढ्नेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ, तापनि काममा सफलता मिल्नेछ । भाग्योन्नतिको समय छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । रोकिएको काम भने बन्नेछ । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आज आफन्तको साथ मिल्नेछ । विभिन्न अवसर पाइने समय छ । सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना पनि देखिन्छ । तथापि, काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । वार्तामा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।