आत्महत्या प्रयासबारे गायक दुतराजको स्पष्टीकरण : ‘कहिलेकाहीँ अँध्यारो कोठाभित्र थुनिएर बस्ने गर्छु’

आत्महत्या प्रयासबारे गायक दुतराजको स्पष्टीकरण : ‘कहिलेकाहीँ अँध्यारो कोठाभित्र थुनिएर बस्ने गर्छु’


आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् ।

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो । तर, दुतराजले ‘गलत बुझाइ तथा सूचनाका आधारमा समाचार प्रकाशित’ भएको भन्दै आपत्ति जनाएका छन् ।

‘कहिलेकाहीँ अँध्यारो बन्द कोठाभित्र घण्टौँसम्म आफैलाई थुनिदिन्छु, हजारौँ कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन,’ उनले भनेका छन्, ‘यसलाई रोग भनुँ या मेरो विशेषता, यही कारण पनि म आफूले आफैलाई दु:खी बनाउँछु ।’

धेरै समाचारहरु हेरेँ, पढेँ, अलिक अप्ठ्यारो असजिलो महसूस गरे । म केही छिन हराउनु त म मर्नु हैन नि ।’

उनले अगाडि भनेका छन्, ‘कसरी मार्न सक्थेँ र यो शरीरलाई । गलत बुझाइ तथा सूचनाका आधारमा प्रकाशित समाचारले मलाई माया गर्नुहुने, सदा आशीर्वाद दिनुहुने हजुरहरू सबै सबैमा पर्न गएको असरप्रति क्षमा माग्दछु ।’