- अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं.११४३ वि.सं. २०७९ कार्तिक २३ गते बुधबार तद्अनुसार सन् २०२२ नोभेम्बर ९ तारिख मार्गशीर्ष कृष्ण पक्षको प्रतिपदा तिथि कृतिका नक्षत्र वरियान योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मेष राशिमा ८:१५ पर वृष राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ६:२१ मा र सूर्यास्त साँझ १७:१३ बजे हुनेछ । त्रिजटालाई अर्घ्य दिने, थानकोटमा महालक्ष्मी यात्रा ।
आजको राशिफल
मेष – सामर्थ्य वृद्धि हुने र रसरागमा आकर्षण बढ्ने दिन छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला, सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
वृष – आजको दिन आरोग्यताका साथै कार्यगति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आश मारेको फल पुन: प्राप्त हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागे पनि काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानबाट सुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मिथुन – लगानी बढ्ने र कार्यक्षमता वृद्धि हुनेछ । प्रेममा आकर्षण बढ्ने योग छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही चुनौती पनि सामना गर्नुपर्ला । व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – आयबल बढ्नेछ भने शुभताको सङ्केत मिल्नेछ । सोखका विषयका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने तथा प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – कर्मबल बढ्नेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग समेत रहेको छ। आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने दिन छ । अरूको भर नपर्नुहोला, काम रोकिन सक्छ । रसरागमा मन जाला ।
कन्या – अनुकुल समय छ, शुभता बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। प्रयासरत काममा सफलता प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । रसरागमा सुख बढ्नेछ ।
तुला – आजको दिन संघर्षले सफलता दिलाउने छ । तथापि, ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्, योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।
वृश्चिक – प्रेमभाव बढ्नेछ तर विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ । आत्मविश्वास बढ्नेछ। कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल हुने दिन छ । दैनिक काममा सफलता नै मिल्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ ।
मकर – आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त होला । लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । कमजोर मानसिकताले पछि परिनेछ तर हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ।
कुम्भ – व्यस्तता बढ्नेछ । आरोग्यता रहला । कार्य क्षमता वा पराक्रम वृद्धि हुनेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दु:ख पाइनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका छ । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ ।
मीन – आशा उत्साह बढ्नेछ । आरोग्यता पनि वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ ।
प्रतिक्रिया