मन्त्रीनिधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा

मन्त्रीनिधनको शोकमा प्रदेश १ मा बिहीबार सार्वजनिक विदा


प्रदेश १ सरकारले बिहीबार प्रदेश १ मा सार्वजनिक विदा दिएको छ ।

प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोकबिदा दिने भएको हो ।

गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।

प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्तसचिव प्रदेशसचिव अर्जुन निरौलाले बताए ।

दिवंगत थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार थिए ।