आजको पञ्चाङ्ग एवम् राशिफल (२४ कात्तिक २०७९ बिहीबार, १० नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ कात्तिक २०७९ बिहीबार, १० नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक २४ गते तद्अनुसार सन् २०२२ नोभेम्बर १० तारिख बिहीबार मार्गशीर्ष कृष्ण पक्षको द्वितीया तिथि रोहिणी नक्षत्र परीघ योग वणि करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२२ मा र सूर्यास्त साँझ १७:१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – शुभ समाचार प्राप्त हुने र शत्रुमाथि विजय प्राप्त हुने दिन छ । आशा उत्साह बढ्नेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । आज धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रम्नुहुनेछ ।

वृष – आरोग्यता एवम् सौभाग्य वृद्धि हुने दिन छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मन प्रशन्न रहनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि विशेष फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ । यात्रापरक काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – लगानी वृद्धि हुनेछ भने समस्याको समाधान प्राप्त होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । घरजग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग रहेकोले विशेष सतर्कता अपनाउनु हितकर रहला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कर्कट – आयबल बढ्ने देखिए पनि आजको दिन सकभर आर्थिक कारोबार नगरेकै बेस हुनेछ । कार्यगति बढ्नेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ, तर धनको भने नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरू हाबी हुनेछन् ।

सिंह – कर्ममा रुचि बढ्ला । धन र आरोग्यतामा सकारात्मक वृद्धि होला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । साथै, बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन । चोटपटकको समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । परिवारजन तथा इष्टमित्रको साथ प्राप्त होला ।

कन्या – भाग्यबल बढ्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । धन मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ ।

तुला – ब्यस्तता बढ्नेछ । रसरागमा रुचि रहला । स्वास्थयमा सुधार हुनेछ । काममा सफलता मिल्नेछ । प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न पनि सक्छ । मान(सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले सचेत रहनुहोला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – रमाइलो याधाको योग छ, तर समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । जिम्मेवारी बढिरहनेछन् । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ । अन्धविश्वासको भरमा काम गर्नाले दु:ख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ । योजना र बजेट बनाइ कार्य गरे बेस होला । शत्रु परास्त हुनेछन् ।

धनु – आरोग्यता र कार्यक्षमता वृद्धि हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने आज अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । मानसम्मानका साथमा आम्दानी बढ्ला । मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन होला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला ।

मकर – प्रेमभाव बढ्नेछ । कार्यक्षमता बढ्नेछ । । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । परिवारिक सुख वृद्धि होला । काममा सफलता मिल्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला ।

मीन – मान/महत्व र धन बढ्नेछ । आफन्तको साथ मिल्नेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी पनि निम्त्याउन सक्छ । समस्याको समाधान मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ ।