आजको पञ्चाङ्ग एवम् राशिफल (२५ कात्तिक २०७९ शुक्रबार, ११ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ कात्तिक २०७९ शुक्रबार, ११ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक २५ गते शुक्रबार तद्अनुसार सन् २०२२ नोभेम्बर ११ तारिख मार्गशीर्ष कृष्ण पक्षको तृतीया तिथि मृगशिरा नक्षत्र शिव योग बब करण आनन्दादियोगमा मानस योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाण्डौमा सूर्योदय बिहान ६:२२ बजे र सूर्यास्त साँझ १७:१२ बजे हुनेछ । फाल्गुनन्द जयन्ती ।

आजको राशिफल

मेष – आजको दिन व्यवहार गर्दा विशेष सचेतनाका साथ गर्नुहोला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्ने देखिए पनि अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । शत्रुमाथि विजय प्राप्त होला ।

वृष – आरोग्यता बढ्ने योग रहे पनि आज समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव भने बलियो रहनेछ । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – लगानी बढ्ने र आरोग्यता वृद्धि हुनेछ । ठूलै प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । अरूले फसाउन सक्छन् । कमजोर भएको अनुभूति हुनेछ । मेहनतअनुसार फाइदा कमै होला । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – दिन शुभदायी छ । यात्रामा सफलता प्राप्त हुनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रचनात्मक काम बन्नेछ ।

सिंह – कर्मबल बढ्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – आजको दिन सामान्य नै रहेको छ । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । साझेदारीको कार्य बन्नेछ । आरोग्यता अभिवृद्धि हुनेछ । विलासमा रुचि रहला ।

तुला – ब्यस्तता बढे पनि दिन राम्रो छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको कार्य बन्ला । मन प्रशन्न रहला ।

वृश्चिक – आनन्द वृद्धि हुनेछ । प्रेमभाव बढ्नेछ । सद्कर्म पथमा प्रगति होला । आफन्तको सहयोग बढ्नुका साथै साथीसित भेटघाट होला । व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै आमोदप्रमोदमा रमिरहनु हुनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान गर्नुहुनेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दु:खी बनाउला । इष्टमित्रको सहयोग रहनेछ ।

कुम्भ – व्यस्तता बढ्नेछ । रसरागको भाव वृद्धि हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – दिन राम्रो छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ। पराक्रम वृद्धि हुनेछ । आयबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ । समयले साथ दिनेछ ।