आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कात्तिक २०७९ शनिबार, १२ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ कात्तिक २०७९ शनिबार, १२ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ कार्तिक २६ गते शनिबार तद्अनुसार सन् २०२२ नोभेम्बर १२ तारिख मार्गशीर्ष कृष्ण पक्षको चतुर्थी तिथि मृगशिरा नक्षत्र ७:२ पर आर्द्रा नक्षत्र सिद्धि योग बब करण आनन्दादिमा वज्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहला । काठमाडांैमा सूर्योदय बिहान ६:२३ मा र सूर्यास्त साँझ १७:११ बजे हुनेछ ।

आजको राशिफल

मेष – पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठा, मानसम्मान पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वत: हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । काममा सफलता प्राप्त हुनेछ । जीवनमा सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – कार्यगति र धन बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ, साथै आशा उत्साह थपिनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनु हुनेछ ।

मिथुन – आरोग्यता बढ्नेछ भने कार्यक्षमता वृद्धि हुनेछ । आज आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा चाहिँ मन खिन्न रहनेछ, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । प्रेममा आकर्षण बढ्नेछ । आशा उत्साह बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।

कर्कट – आजको दिन व्यस्तता र खर्च बढ्ने योग छ । तथापि, मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आज आयबल र सामर्थ्य बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । खेलकुद भ्रमण आदिमा आकर्षण बढ्नेछ भने रसरागप्रति आकर्षण बढ्ने यो छ ।

कन्या – आज कर्मबल र आम्दानी बढ्नेछ । कामको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । ऋण र शत्रुमाथि विजय प्राप्त हुनेछ । सुख बढ्नेछ ।

तुला – मान सम्मान बढे पनि आज नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारव्यवसायमा विशेष लाभ लिने समय छ । मिठो भोजन खान पाउनु हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – दौडधुप बढ्नेछ, बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । जोखिम बढे पनि कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ तापनि केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्‍याउनुहोला । दाम्पत्यसुख बढ्नेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

मकर – आरोग्यता बढ्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । तर, गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ । आशा उत्साह बढ्ला । आफन्तको साथ मिल्नेछ ।

कुम्भ – आजको दिन बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता पनि वृद्धि होला । तथापि, अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउने सक्छन् । चोरी वा ठगीमा परिने सम्भावना समेत देखिन्छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ ।

मीन – व्यस्तता बढ्नेछ । रसरागमा आकर्षण बढ्ला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । शुभ काममा भाग लिनुहुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ ।