आजको पञ्चाङ्ग एवम् राशिफल (२७ कात्तिक २०७९ आइतबार, १३ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ कात्तिक २०७९ आइतबार, १३ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर शरद ऋतु वि.सं. २०७९ कार्तिक २७ गते तद्अनुसार सन् २०२२ नोभेम्बर १३ तारिख आइतबार मार्गशीर्ष कृष्ण पक्षको पञ्चमी तिथिआर्द्रा नक्षत्र ९:२७ पर पुनर्वसु नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२४ मा र सूर्यास्त साँझ १७:११ बजे हुनेछ ।

आजको राशिफल

मेष – मनोकूलको काममा सफलता हात पार्न केही सङ्घर्ष गर्नुपर्ने देखिन्छ । आँटेका काममा बाधा पुर्‍याउनेहरू प्रशस्तै हुनेछन् । फजुल खर्च पनि बढ्नेछ । तथापि, मेहनतले विशेष उपलब्धि आर्जन हुनेछ । मानसम्मानसमेत प्रप्त हुने समय छ । शुभ समाचार प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानबाट सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन स्वास्थ्य केही कमजोर भएको अनुभूति होला, आराम गर्नु हितकर हुनेछ । स्वास्थ्य प्रतिकूल नै रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ। आश मारेको कामले उत्साह जगाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – आरोग्य वृद्धि हुनेछ । आंशिक फाइदा हुनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हातपार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास भने गर्नेछन् र खर्च बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । समस्याको समाधान प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन लगानी बढ्नेछ । राक्रम वृद्धि हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।

सिंह – शुभता र प्रेमभाव बढ्नेछ । थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले उत्साह जगाउने छ । कामका सहयोगीहरू पछि हट्न सक्ने योग पनि छ र प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । शुभ काममा सफलता प्राप्त हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलता मिल्नेछ ।

कन्या – कर्मबल बढ्ने देखिए पनि आजको दिन सावधानीपूर्वक निर्वाह गर्नु हितकर हुनेछ । जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला । सन्तान पक्षबट सुख प्राप्त हुनेछ । धन मान महत्वमा कमी आउने छैन । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – सौभाग्य बढ्नेछ । मेहनतको फल प्राप्त हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – जोखिम बढे पनि काममा सफलता प्राप्त हुनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ । सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावप्रति ख्याल राखेर कार्य गर्नु हितकारी हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।

धनु – आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मकर – आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि होला । तर छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्‍याउनुपर्ने हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – प्रेमभाव र परिवारिक सुख बढ्नेछ । काममा सफलता मिल्नेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – व्यस्तता बढ्नेछ भने आफन्तको साथ मिल्नेछ । तर समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । मिठो भोजन मिल्ला । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।