आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०७९ सोमबार, १४ नोभेम्बर २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२८ कात्तिक २०७९ सोमबार, १४ नोभेम्बर २०२२)


  • अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं.११४३ शरद ऋतु वि.सं. २०७९ कार्तिक २८ गते सोमबार तद्अनुसार सन् २०२२ नोभेम्बर १४ तारिख मार्गशीर्ष कृष्ण पक्षको षष्ठी तिथि पुनर्वसु नक्षत्र १२:०३ पर तिष्य नक्षत्र शुभ योग गर करण आनन्दादियोगमा धूम्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६:२५ बजे र सूर्यास्त साँझ १७:१० बजे हुनेछ । विश्व मधुमेह दिवस ।

आजको राशिफल

मेष – आज ब्यस्तता बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – आरोग्यताका साथै कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । नयाँ काम प्रारम्भ हुनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ। विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटले आनन्द दिलाउनेछ । आशा उत्साह बढ्नेछ ।

मिथुन – आज केही नोक्सानी भए पनि पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने देखिन्छ । व्यापारमा राम्रै लाभ हुनेछ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, ध्यान राख्नुहोला । रसरागमा रुचि बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – आज नयाँ अवसर प्राप्त भए पनि काममा हात हाल्नु अघि राम्ररी विचार पुर्‍याउनुहोला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । आरोग्यबल बढ्नेछ । रचनात्मक काम बन्नेछन् ।

सिंह – केही काम रोकिएका छन् भने आज दोहोर्‍याउने प्रयत्न गर्नुहोला । नयाँ काममा हात हाल्ने अवसर जुट्न पनि सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । इष्टमित्र र सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – कार्य क्षमता वृद्धिसँगै आय पनि बढ्ने समय छ । हुनेछ । रोकिएको काम बन्नुसँगै नयाँ काम पनि बन्नेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्न सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । आरोग्यता अभिबृद्धि हुनेछ । रस विलासमा रुचि बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – कर्मबल बढ्नेछ तर अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्न सक्छ, संयमतापूर्वक व्यवहार गर्नुहोला । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। तर अरूका काममा समय खर्चनुपर्ला । आफन्तजनको सहयोग र समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – भाग्यबल वृद्धि हुने तथा प्रेमभाव बढ्ने योग रहे पनि धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ । सद्कर्म पथमा प्रगति होला । इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ । अरूको भरपर्दा धोका पाइएला । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । जोखिम मोल्नु हितकर नहोला । बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने योग छ । मेहनत गर्दा पहिले रोकिएको प्रतिफल प्राप्त हुनेछ । खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। समस्याको समाधान गर्नुहुनेछ ।

मकर – पारिवारिक सुख प्राप्त हुनेछ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । ऋण रोग र शत्रुलाई परास्त गर्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – आजको दिन मिश्रित परिणाम दिने प्रकारको छ । रसरागको भाव वृद्धि हुनेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । तर, नातेदारहरुसँग झैझगडा हुने योग छ । आर्थिक समस्या पनि पर्न सक्छ । आज सवारीसाधन चलाउदा सावधान रहनुहोला । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । समस्यासँग जुझ्ने शक्ति भने कायमै रहला ।

मीन – व्यस्तता वृद्धि होला । सुख-सुविधा बढ्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । मानसम्मान पाइनेछ तर पनि गरि रहेको काममा केही समस्या पर्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । समयले साथ दिनेछ ।