सूर्या लाइफको खुद नाफा ८२ दशमलब ५४ प्रतिशतले वृद्धि

सूर्या लाइफको खुद नाफा ८२ दशमलब ५४ प्रतिशतले वृद्धि


सूर्या लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा ११ करोड ३५ लाख रुपैयाँ रहेको खुद नाफा यसपटक ८२ दशमलब ५४ प्रतिशतले बढेको हो । यसको खुद बिमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी सामान्य बढेको छ भने नोक्सानी व्यवस्थाबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।

सूर्या लाइफको जगेडा कोष २१.५० प्रतिशत घटेको छ भने जीवन बिमा कोष २९.६५ प्रतिशतले सुधार देखिएको छ । असोज मसान्तसम्म जगेडा कोषमा ७१ करोड २२ लाख रुपैयाँ र जीवन बिमा कोषमा १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ रहेको छ । सूर्याको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ ।

यो हाल ज्योति लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ ।